शुक्र, जेष्ठ १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सविनको ‘कल्पना’मा निश्चल प्रेम बुझ्न नसक्ने प्रेमिका र प्रेम त्याग्न नसक्ने प्रेमीको कथा

धारणा न्यूज by धारणा न्यूज
१४ घण्टा अगाडि
Reading Time: 1 min read
0
सविनको ‘कल्पना’मा निश्चल प्रेम बुझ्न नसक्ने प्रेमिका र प्रेम त्याग्न नसक्ने प्रेमीको कथा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । ‘कल्पना’ बोलको उनको गीत आइतबार २९ रिसोर्ट एन्ड फार्म हाउसमा प्रिमियर गर्दै सार्वजनिक गरेका हुन् ।

गीतमा स्वरसँगै शब्द तथा संगीत पनि सविनकै छ । बितिसकेको मायाको सम्झनालाई गीतले कैद गरेको छ । गीतले आफ्नो पुरानो मायालाई सम्झिएर नोस्टाल्जिक हुँदै विगतको वर्णन गरेको छ ।

पुराना सम्झनाहरूको पत्र कैलाउँदै सबिनले पबित्र सम्बन्ध प्रेमिकाले त्यागेर गए पनि आफूले त्यसलाई अझै उस्तै निश्चल र चोखो रूपमा लिइरहेको गीतका शब्दमार्फत बताएका छन् । पुरानै कल्पना र योजनालाई अझै पनि जिवितै राखेर त्यसकै यादमा भूलिरहेको बताउने गीतले आफ्नो मायालाई पछ्याइहेको कुरा गर्छ ।

अझै पनि आफ्नो मनलाई बुझेर निश्चल प्रेमीसँग फर्किन आग्रह गरेको गीतले समग्रमा चोखो प्रेम र त्यसलाई बुझ्न नसक्ने प्रेमीको कथा भन्ने प्रयास गरेको छ ।

प्रिमियरमा सबिनले आफ्नो गीत केबल लयबद्ध शब्द मात्र नभएर मनको भित्री तहका भावना भएको बताए । आफ्नो जिन्दगीको लय फेरिएपछि आफूले गीतका छोटा शब्द र वाक्यमार्फत आफ्नो पीडा, उदासिनता र फ्रस्टेसन पोख्ने गरेको प्रस्ट पारे ।

“मेरा यी गीत इच्छाशक्तिका कारण जन्मिएका हुन् । ममा इच्छाशक्ति, मलाई हौसला दिने हात र सहयोग नभएका भए यी गीत जन्मिने थिएनन्,” सविनले भने, “मेरा गीत मेरो एक्सिडेन्टपछि म एक्लै तनावमा भएका बेला कसैसँग भावना पोख्न नसकेका बेला लेखिएका मनका भावना हुन् ।”

प्रिमियरमा म्युजिक भिडियोका मोडल सुजन जिम्बाले सबिन हौसला र प्रेरणाको स्रोत भएको बताए । उनको इच्छाशक्ति र सिर्जनशिलताकै कारण गायनमा सक्रिय बन्न सकेको बताए ।

प्रिमियरमा अभिनेता मुकुन भुसालले आफू पनि सबिनको सांगीतिक यात्रामा प्रत्यक्ष रूपमा सहकार्य गर्न तयार रहेको बताए । “उहाँसँग म यसरी अप्रत्यक्ष होइन प्रत्यक्ष रूपमै सहकार्य गर्न तयार छु,” मुकुनले भने, “कसरी प्रत्यक्ष सहकार्य गर्न सकिन्छ, म सधैँ तयार छु ।”

‘कल्पना’को भिडियोका निर्देशक तथा कलाकारसमेत रहेका सम्राट अधिकारीले सबिनको कल्पनालाई आफूले भिडियोमार्फत पर्दामा उतार्ने प्रयास गरेको बताए ।

दिमेश श्रेष्ठले प्रोड्युश गरेको भिडियो कथा क्रिएसनले बनाएको हो । सुजन जिम्बा, सृष्टि सुब्बा र सम्राट अधिकारीको अभिनय गरेको भिडियो उत्सब दाहालले खिचेका हुन् । विकास दाहालले सम्पादन गरेको भिडियो नुजा पिक्चर्सको प्रस्तुति हो ।

 

यो पनि पढ्नुहोस्

चलचित्र ‘लालीबजार’को कानुनी विवाद लम्बिइयाे

चलचित्र ‘लालीबजार’को कानुनी विवाद लम्बिइयाे

२ दिन अगाडि
हङकङमा ‘माउन्टेन्स टु द मेट – च्याप्टर वान’ फेसन शो

हङकङमा ‘माउन्टेन्स टु द मेट – च्याप्टर वान’ फेसन शो

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुर–ठिमीमा पाइप सञ्जाल विस्तार गरिने

कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ

बजेटलाई अन्तिम रूप दिन दिदै अर्थमन्त्री

सरकारद्वारा आर्थिक वर्ष बजेट प्रस्तुत गर्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक