काठमाडौं । सरकारले कीर्तिपुर–मध्यपुर ठिमी क्षेत्रमा पाइप सञ्जाल विस्तारका लागि सात अर्ब २६ करोड विनियोजन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै सो घोषणा गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “ कीर्तिपुर, मध्यपुर ठिमी, जोरपार्टी, पेप्सीकोला, नागार्जुन र महालक्ष्मी लगायतका स्थनमा पाइप सञ्जाल विस्तारको कार्य थालनी गर्नेछौं । यस आयोजनाका लागि सात अर्ब २६ करोड रुपियाँ विनियोजन गरेको छु ।”
यसैगरी, आगामी आर्थिक वर्ष याङ्ग्री र लोर्क खोलाबाट मेलम्चीमा पानी पथान्तरणका लागि अध्ययन सम्पन्न गर्ने उहाँको धारणा छ ।


