काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित बिभिन्न कन्सल्टेन्सीमा छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले ९५ ओटा कन्सल्टेन्सीमा छापा मारेको हो ।
सो क्रममा प्रहरीले ६९ जनालाई नियन्त्रणमा लिएको छ । कार्यालयका एक अधिकारीका अनुसार ठगी, अवैध कारोबार तथा कागजातसम्बन्धी अनियमितताको आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुबारे विस्तृतमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


