मङ्ल, अशोज १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष खिरमान सिंह बस्नेतलाई चोभारको न्हसिकाप गल्छीको विषयमा सिफारिस रद्द गर्न माग गर्दै कीर्तिपुरमा क्रियाशिल नेवाः जातीय संघसंस्थाहरु र नेवाः देय् दबू साथै सांस्कृतिक अभियन्ताहरुले निवेदन दिएको छ ।

असार २६ गते विहिवारका दिन वडा कार्यालय क्वयनामा पुगी वडा अध्यक्ष बस्नेतलाई निवेदन दिएको हो ।

कीर्तिपुर नगरपालिका वडा नं. ६ बाट गत २०८१ साल फागुन २० गते दिएको सिफारिसको आधारमा चोभार गल्छीमा अवरोध हताउने र सेना परिचालन गर्ने सरकारले निर्णय गरेपछि सो विषय विवादमा आएको हो ।

उक्त विवादलाई दीर्घकालिन रुपमा नै समाधानका लागि र गल्छी न्हसिकापको मौलिता, ऐतिहासिक, सांस्कृतिक, धार्मिक र प्राकृतिक महत्वलाई पनि संरक्षण गर्नका लागि पनि उक्त सिफारिस रद्द गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ ।

उक्त सिफारिस रद्द गरि रद्द भएको ब्यहोरा सम्वन्धित पक्षलाई लिखित रुपमा दिन समेत माग गरिएको छ । सो क्रममा वडा अध्यक्ष बस्नेतले आएको निवेदन वडा समितिको बैठकमा पेश गर्ने र जनभावना अनुसार नै आफू अघि बढ्ने समेत बताउनु भयो ।

नेवाः देय् दबू कीर्तिपुर नगर समितिको पहलमा भएको उक्त निवेदनमा नेवाः देय् दबू कीर्तिपुर नगर समितिका अध्यक्ष बुद्धिलाल ज्यापु, ज्यापु महागुथि कीर्तिपुर नगरका अध्यक्ष रामभोला महर्जन, मानन्धर समुदायका प्रतिनिधि धर्मरत्न मानन्धर, किपू स्यस्यः समजाका प्रचण्डमान प्रधान, नापित समाजका नविन नापित, ग्वाः समाजका प्रेम कृष्ण गोपाली, माली समाजका पूर्ण मालकार, नकःमि समाजका महेश चन्द्र नकःमि, कपाली समाजका न्हुच्छे दर्शनधारी, नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका निर्वतमान अध्यक्ष एवं पत्रकार श्रीकृष्ण महर्जनका साथै ७९ जना विभिन्न ब्यक्तित्वहरुले हस्ताक्षर गरेका थिए ।

ण

 

यो पनि पढ्नुहोस्

गणेश चतुर्थी पर्व मनाइँदै

नेवार समुदायले मनाइयाे चथाः पर्व

२ हप्ता अगाडि
याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

धापाखेलमा साढे दुई तले घर ढल्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आवासीय चिकित्सक फिर्ता बाेलाउन अनुराेध

पितृ तर्पण : वैदिक स्मृतिदेखि महालया र सोह्रश्राद्धसम्मको सनातन परम्परा

१०० मिलिमिटरभन्दा बढी कुल वर्षा रेकर्ड

भीआईपी तामझाम संस्कार अन्त्य गर्दै बालेन सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक