काठमाडौं । कार्तिक शुक्ल प्रतिपदाका नेपाल सम्बतकाे नयाँ बर्षाका दिन आज नेवार समुदायमा म्हपूजा गरेर मनाइन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवाः समुदायका मानिसले आत्म म्हपूजा पर्व मनाउने गर्दछन् ।
मानिसको आत्मा नै सबैभन्दा ठुलो र महत्त्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा रहेको छ ।
आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी–देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक जनविश्वाससमेत रहेकाे छ ।
यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो । यो पर्व नेवारी समुदायको बाहुल्य रहेको काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ ।


