बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

धारणा न्यूज by धारणा न्यूज
११ मिनेट अगाडि
0
दानबहादुर कार्की योग्यताका आधारमा बढुवा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले प्रहरी महानिरीक्षक (आईजीपी) बाट दानबहादुर कार्कीलाई नहटाइएको, बरु योग्यताका आधारमा बढुवा गरी प्रमुख सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको जिकिर गरेका छन् ।

प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएको भन्दै कार्कीले दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतमा बहस गर्दै महान्यायाधिवक्ता कँडेलले यस्तो बताएका हुन् । उनले सरकारलाई विशेष सल्लाहकारको आवश्यकता परेकाले असल नियतले कार्कीलाई उक्त जिम्मेवारी दिइएको जनाए ।

बढुवा भएको खुसीयालीमा लड्डु बाँड्नुपर्नेमा कार्की मुद्दा लिएर अदालत आउन नहुने उनको तर्क थियो । मन्त्रिपरिषद्ले गरेको निर्णयविरुद्ध दायर रिटमा निर्णय गर्ने पक्षलाई नै विपक्षी नबनाइएकाले रिट प्रथम दृष्टिमै खारेज हुनुपर्ने माग कँडेलले गरे ।

बहसका क्रममा न्यायाधीश नृपध्वज निरौलाले सरकारको निर्णय आत्मगत हो कि वस्तुगत हो भनी प्रश्न गरेका थिए । जवाफमा महान्यायाधिवक्ता कँडेलले उक्त निर्णय असल नियतले गरिएको जनाए ।

त्यस्तै, कार्कीलाई नहटाई प्रमुख सुरक्षा सल्लाहकारमा खटाइएको भन्ने कँडेलको तर्कमा न्यायाधीश निरौलाले ‘खटाइएको मात्र हो भने आईजीपी पद कसरी रिक्त भयो ?’ भनी प्रश्न गरेका थिए । त्यसको जवाफमा कँडेलले कार्कीलाई बढुवा गरी सुरक्षा सल्लाहकारमा पठाएपछि खाली भएको पदमा डा. मनोजकुमार केसीलाई जिम्मेवारी दिइएको जनाए ।

महान्यायाधिवक्ता कँडेलले कार्कीको रिटमा अन्तरिम आदेश दिन नहुने भन्दै तीनवटा आधार अघि सारेका छन् ।

पहिलो, रिट निवेदनमा निर्णय गर्ने पक्षलाई विपक्षी नबनाइएको । दोस्रो, सरकारको निर्णय कार्यान्वयन भइसकेको अवस्थामा अन्तरिम आदेश दिन नमिल्ने । यसका लागि उनले पूर्वएआईजी विश्वराज पोखरेलको मुद्दाको नजिर उल्लेख गरे । तेस्रो, सरकारको निर्णय कार्यान्वयन गर्न र शान्ति सुरक्षा कायम गर्नका लागि पनि हाललाई अन्तरिम आदेश दिन नमिल्ने उनको तर्क छ ।

यो पनि पढ्नुहोस्

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

२ घण्टा अगाडि
डीआईजीलाई प्रहरी हेडक्वाटर बोलाइयो

आईजीपी कार्कीको रिट निवेदन संयुक्त इजलासमा तोक्याे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक