बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

सामाजिक सञ्जालमा महिलामाथि दुव्र्यवहार बढ्दो

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
राजनीतिमा नयाँ र पुरानाबीच भिन्नता यही हो !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-सबि भट्टराई
सामाजिक सञ्जाल आधुनिक जीवनको अभिन्न अंग बनेको छ । सूचना आदानप्रदान, सम्पर्क र सहानुभूति व्यक्त गर्ने यो माध्यमले समाजलाई नजिक ल्याएको छ । तर यसै माध्यममार्फत महिलामाथि दुव्र्यवहार, अपमान, अभद्र टिप्पणी र मानसिक हिंसा बढ्दो क्रममा छ । हालै मात्र विपद्को बेला जब महिलाहरूले आफ्ना हराएका प्रियजनको खोजीमा सामाजिक सञ्जालमा आग्रह गरे, तब उनीहरूलाई लक्षित गरी नराम्रा, अपमानजनक र पीडादायी टिप्पणीहरू आउने गरेका छन् । भोटेकोशी बाढीको घटना यसको ताजा र दर्दनाक उदाहरण हो ।
भदौ १० गते हिमचट्टान फुटेर आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो विनाश ल्यायो । सयौंको ज्यान गयो, हजारौं बेपत्ता भए । परिवारहरू आफ्ना हराएका सदस्यको खोजीमा सामाजिक सञ्जालमा भिडियो, तस्बिर र आग्रह पोस्ट गर्न बाध्य भए । त्यस्ता आग्रहमा सहयोगको सट्टा धेरै महिलाहरूले अभद्र, उपहासपूर्ण र क्रूर टिप्पणी सामना गर्नुप¥यो । एक महिला आफ्ना हराएका श्रीमान्को उद्धारका लागि आग्रह गर्दै भिडियो पोस्ट गर्दा नराम्रा टिप्पणीको शिकार भइन् । उनले बच्चा बोकेर सरकारसँग उद्धारको माग गर्दा कतिपयले ‘नदीमा हाम फालेर खोज्नु’ भन्ने जस्ता अपमानजनक कमेन्ट लेखे । अर्की महिलाले आफ्ना भाइको खोजीमा सरकारको ढिलाइप्रति गुनासो गर्दा धेरै नराम्रा कमेन्ट आएको बताइन् । पीडामाथि पीडा थपियो । विपद्ले घरपरिवार गुमाएका महिलाहरूलाई सामाजिक सञ्जालले थप मानसिक आघात दिएको यो दृश्य नेपाली समाजको गम्भीर समस्या हो ।
यो घटना एक्लो होइन । सामाजिक सञ्जालमा महिलामाथि दुव्र्यवहार विभिन्न रूपमा देखिन्छ । फोटोमा अभद्र कमेन्ट, निजी सन्देशमा यौनजन्य उत्पीडन, चरित्र हत्या, डरधम्की, नक्कली प्रोफाइलबाट अपमान र सार्वजनिक रूपमा लाञ्छना । युवा महिला, सार्वजनिक व्यक्तित्व, पत्रकार, विद्यार्थी वा साधारण गृहिणी कसैलाई पनि यसबाट छुट छैन । विपद्को बेला यस्तो दुव्र्यवहार झनै संवेदनहीन र अमानवीय हुन्छ ।
किन बढ्दो छ यस्तो दुव्र्यवहार ? पहिलो, सामाजिक सञ्जालमा नाम नखुलाई वा नक्कली पहिचान बनाएर कमेन्ट गर्न सकिने सुविधाका कारण मानिसहरू निर्धक्कले अभद्र भाषा प्रयोग गर्छन् । दोस्रो, पितृसत्तात्मक सोच । महिलाको आवाज उठाउने, गुनासो गर्ने वा सार्वजनिक रूपमा बोल्ने कुरालाई केही मानिसहरूले सह्य नमान्ने प्रवृत्ति अझै जीवित छ । तेस्रो, शिक्षा र संवेदनशीलताको अभाव । धेरै प्रयोगकर्ताले विपद् पीडितको मनोविज्ञान नबुझी मनोरञ्जनका लागि वा राजनीतिक पूर्वाग्रहले कमेन्ट गर्छन् । चौथो, कानुनी कारबाहीको कमजोरी र ढिलाइ । यद्यपि विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराधमा पाँच वर्षसम्म कैद र जरिवानाको प्रावधान छ, तर अधिकांश पीडितले उजुरी नै गर्दैनन् वा उजुरी गर्दा पनि प्रक्रिया लामो हुन्छ ।
भोटेकोशी बाढीका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमा पीडितलाई अपमान गर्नेहरूलाई अपराधी ठहर गर्दै कडा कारबाहीको चेतावनी दिए । साइबर ब्यूरोले दश सदस्यीय टोली गठन गरेर अनुसन्धान सुरु ग¥यो । एक व्यक्तिलाई जातीय उत्तेजना फैलाउने टिप्पणीका लागि पक्राउ गरियो । यो सकारात्मक कदम हो । तर कारबाही केवल चेतावनी वा एक–दुई गिरफ्तारीमा सीमित रहनु हुँदैन । निरन्तर अनुगमन, द्रुत कारबाही र पीडितमैत्री उजुरी प्रणाली आवश्यक छ ।
महिलामाथि सामाजिक सञ्जाल दुव्र्यवहारले गहिरो असर पार्छ । मानसिक स्वास्थ्यमा गम्भीर आघात पुग्छ । डिप्रेसन, चिन्ता, आत्मविश्वासको ह्रास, सामाजिक बहिष्कारको डर र आत्महत्याको सोचसम्म पुग्न सक्छ । धेरै महिलाहरू आवाज उठाउन डराउँछन्, आफ्ना समस्या लुकाउँछन् वा सामाजिक सञ्जाल नै छोड्छन् । यसले महिलाको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्छ । विपद् पीडित महिलाका लागि यो दोहोरो पीडा हो— एकतिर प्रियजन गुमाएको शोक, अर्कोतिर अनलाइन अपमान ।
समाधानका लागि बहुआयामिक प्रयास चाहिन्छ । पहिलो, कानुनी पक्ष बलियो बनाउनुपर्छ । साइबर ब्यूरोलाई पर्याप्त स्रोत, प्रविधि र जनशक्ति दिनुपर्छ । उजुरी प्रक्रिया सरल र गोप्य बनाउनुपर्छ । प्लेटफर्महरू (फेसबुक, टिकटक, युट्युब आदि) लाई नेपालभित्रको सामग्रीमा द्रुत प्रतिक्रिया दिन बाध्य बनाउनुपर्छ । दोस्रो, शिक्षा र जागरण । विद्यालय, कलेज र समुदाय स्तरमा डिजिटल साक्षरता र संवेदनशीलताको शिक्षा दिनुपर्छ । पुरुषहरूलाई पनि समावेश गरेर लैङ्गिक संवेदनशीलता तालिम दिनुपर्छ । तेस्रो, परिवार र समाजको भूमिका । परिवारले पीडित महिलालाई दोष नदिई सहयोग गर्नुपर्छ । समाजले अभद्र टिप्पणी गर्नेलाई बहिष्कार गर्ने संस्कृति विकास गर्नुपर्छ ।
सामाजिक सञ्जाल स्वयं नराम्रो होइन । यसले सहयोग, सूचना र एकता पनि फैलाएको छ । भोटेकोशी बाढीमा धेरैले राहत सहयोगको आह्वान गरे, उद्धारका जानकारी सेयर गरे र पीडितलाई ढाडस दिए । तर नराम्रा पक्षले राम्रा पक्षलाई ओझेल पार्नु हुँदैन । प्रयोगकर्ता स्वयं जिम्मेवार बन्नुपर्छ । कमेन्ट गर्नुअघि सोच्नुपर्छ— यो टिप्पणीले कसैको पीडा बढाउँछ कि घटाउँछ ? विपद्को बेला सहानुभूति, सहयोग र सम्मान नै मानवीयताको मापन हो ।
सरकार, प्रहरी, प्लेटफर्म कम्पनी, शिक्षा प्रणाली र नागरिक सबैले मिलेर यो समस्या समाधान गर्नुपर्छ । महिलामाथि अनलाइन दुव्र्यवहारलाई सामान्य घटना मान्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । महिला सुरक्षित महसुस गर्न सकून्, आवाज उठाउन डराउन नपरोस् र विपद्को बेला पनि मानवीय व्यवहार पाउन् । यसैमा सभ्य समाजको पहिचान निहित छ । जेनजी पुस्ताले सुशासन र जवाफदेहीको माग गरेझैं अब डिजिटल क्षेत्रमा पनि मर्यादा र सम्मानको माग बलियो बनाउनुपर्छ । सामाजिक सञ्जाललाई दुव्र्यवहारको अखडा होइन, सहयोग र सद्भावको मञ्च बनाऔं । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने

आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह

२२ मिनेट अगाडि
ओमान विरुद्ध नेपालकाे शानदार जित

ओमान विरुद्ध नेपालकाे शानदार जित

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

ओमान विरुद्ध नेपालकाे शानदार जित

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक