काठमाडौं । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन सुधार र सेवा प्रवाह हस्तान्तरण कार्यक्रमका लागि एसियाली विकास बैंकसँग १४ अर्ब रुपैयाँ बढी ऋण लिने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एडीबीसँग १०० मिलियन अमेरिकी डलर (करिब १४ अर्ब २५ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो।
बजेटरी सहायताका रुपमा सहुलियतपूर्ण ऋण सहायता लिन बिहीबारको मन्त्रिपरिषदले अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।


