बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्राले देश छाडे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्राले  देश छाडे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बैङ्कक । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले बिहीबार अनपेक्षित रूपमा देश छाडेका छन् । उनले देश छाडेको पाँच दिनपछि अदालतले उनलाई नयाँ जेल सजाय सुनाउन सक्नेछ ।

उनको प्रस्थान छोरी पेटोङ्टार्न सिनावात्रालाई संवैधानिक अदालतले प्रधानमन्त्री पदबाट हटाएको एक हप्तापछि भएको हो । अदालतले पेटोङ्टार्नलाई कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँग राजनीतिक सम्झौतासम्बन्धी फोनकलका कारण नैतिकता उल्लङ्घनमा दोषी ठहर गरेको थियो ।

पेटोङ्टार्नको उत्तराधिकारी चयनका लागि शुक्रबार संसद्मा मतदान हुने तय थियो । धेरैले यसलाई थाक्सिनको दुई दशकभन्दा लामो राजनीतिक प्रभावको अन्त्यको सङ्केतको रूपमा हेरेका छन् । यस अवधिमा उनीविरुद्ध थुप्रै मुद्दा दर्ता भए पनि उनले जेलमा लामो समय बिताएका छैनन् ।

बैङ्ककको डन मुयाङ विमानस्थलमा थाक्सिनले अध्यागमन अधिकारीलाई आफ्नो निजी जेट सिङ्गापुरतर्फ जाने बताए । प्रहरीले पुष्टि गरेअनुसार उनीमाथि कुनै गिरफ्तारी वारेन्ट वा रोक आदेश नभएकाले ७ बजेपछि विमानलाई उडान अनुमति दिइयो ।

तर एपीले विश्लेषण गरेको फ्लाइट–ट्र्याकिङ डाटाले उनको बोम्बार्डियर बीडी–७०० जेट सिङ्गापुरतर्फ गएको देखिए पनि अचानक पश्चिम फर्केर दुईपटक घुमी भारततर्फ अघि बढेको देखाएको छ ।

थाक्सिनले एक्समा उनी मेडिकल चेकअपका लागि सिङ्गापुर जान लागेको तर थाई अध्यागमन प्रक्रियाले दुई घण्टा ढिलाइ गरेको लेखेका छन् । सेलेटार विमानस्थलको राति १० बजेपछि बन्द हुने नियमका कारण विमान अवतरण गर्न नसक्ने भएपछि उनले मार्ग परिवर्तन गरी दुबई जाने निर्णय गरेको बताए ।

थाक्सिन सन् २००८ मा सुरु भएको स्व–निर्वासन अवधिमा दुबईमै बस्दै आएका थिए । उनले त्यहाँ आफ्ना नियमित चिकित्सकहरू रहेको उल्लेख गरे ।

उनको यो यात्राले सम्भावित जेल सजाय टार्ने प्रयास भएको शङ्का जन्माएको छ । तर उनले मङ्गलबार अदालतमा उपस्थित हुन थाइल्यान्ड फर्किने इच्छा प्रकट गरेका छन् ।

थाक्सिन सन् २००१ देखि सन् २००६ मा सैनिक कूले अपदस्थ नभएसम्म प्रधानमन्त्री थिए । सन् २००८ मा संक्षिप्त रूपमा थाइल्यान्ड फर्किए पनि भ्रष्टाचार मुद्दाको फैसला अघि उनी फेरि विदेश गए ।

भ्रष्टाचार, शक्तिको दुरुपयोग र राजतन्त्रप्रति अनादरका आरोपमा उनलाई निर्वासन गरिएको थियो । सन् २०२३ मा उनले फर्केर भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा आठ वर्षको सजाय भोग्नुपर्ने थियो । तर स्वास्थ्य कारण जेलको सट्टा पुलिस जनरल अस्पतालमा राखिए । पछि राजा महा भाजिरालोङ्गकोर्नले सजाय एक वर्षमा घटाइदिए र उनी छ महिनापछि प्यारोलमा रिहा भए ।

विशेष उपचार पाएको आरोपबीच मङ्गलबारको सर्वोच्च अदालतको फैसला निर्णायक हुने मानिएको छ । अदालतले सुधार विभागले उनको मुद्दा कानूनअनुसार सम्हालेको वा नसम्हालेको भन्ने ठहर गर्नेछ । यदि थाक्सिन प्रत्यक्ष संलग्न ठहर भए भने नयाँ जेल सजाय सम्भावित छ ।

पद छाडेयता थाक्सिनले मुद्दाहरूलाई राजनीतिक प्रेरित भनेका छन् । गत महिना उनलाई शाही मानहानि (लेसे–माजेस्टे) आरोपबाट मुक्त गरिएको थियो । उक्त आरोपले उनलाई १५ वर्षको जेल सजाय दिन सक्थ्यो ।

उनकी बहिनी, यिङलक सिनावात्रा सन् २०१७ मा अपदस्थ भएपछि पनि दुबईमा निर्वासनमा छिन् र अनुपस्थितिमा दोषी ठहर भएकी छिन् ।

दुबई, संयुक्त अरब इमिरेट्सको सबैभन्दा ठूलो सहर, राजनीतिक वा कानूनी चुनौती भोगेका नेताहरूको आश्रयस्थल रहँदै आएको छ ।

त्यहाँ पाकिस्तानी जनरल परवेज मुशर्रफले समेत बसोबास गरेका थिए । मुशर्रफले सन् १९९९ मा कू गरी सत्ता कब्जा गरेका थिए र पछि अफगान युद्धमा अमेरिका पक्षमा उभिएका थिए ।

यो पनि पढ्नुहोस्

अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुग्याे

अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुग्याे

२ दिन अगाडि
युक्रेनमा जारी युद्ध अन्त्य गर्ने पहल तीव्र

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने पहल तीव्र

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

ओमान विरुद्ध नेपालकाे शानदार जित

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक