सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी

धारणा न्यूज by धारणा न्यूज
७ घण्टा अगाडि
0
‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी

A TV screen shows a file photo of a North Korean missile launch during a news program at Seoul Railway Station in Seoul, South Korea, Saturday, Sept. 12, 2026. (AP Photo/Ahn Young-joon)

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सोल । उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी ‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी गरेको छ । दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयका बाबजुद उत्तर कोरियाले सैन्य परीक्षण तीव्र पारेको विज्ञहरूले बताएका छन् ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार शनिबारको अभ्यास एकीकृत हतियार नियन्त्रण प्रणालीको क्षमता परीक्षणमा केन्द्रित थियो । दक्षिण कोरियाली सेनाले सोही दिन वोनसन क्षेत्रबाट छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको र त्यो पूर्वी समुद्रतर्फ करिब २५० किलोमिटर उडेको जनाइएको छ ।

अभ्यासको निरीक्षणपछि उत्तर कोरियाली मार्सल पाक जोङ चोनले एकीकृत हतियार प्रणालीले ठूलो स्तरमा एकीकृत रूपमा प्रहार गर्न सक्ने क्षमता देखाएको बताएका छन् । उत्तर कोरियाले गरेका हतियार परीक्षणसम्बन्धी दाबी भने स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन हुने गरेको छ ।

अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त सैन्य अभ्यास सकिएको एक दिनपछि उत्तर कोरियाले उक्त अभ्यास गरेको हो । गत अगस्टमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग सम्बन्ध सुधार गर्ने प्रयासस्वरूप दक्षिण कोरियासँगको प्रमुख सैन्य अभ्यास उल्लेख्य रूपमा घटाउन निर्देशन दिएका थिए । उत्तर कोरियाले अभ्यासको अवधि घटाउँदैमा त्यसको ‘उत्तेजक र आक्रामक प्रकृति’ नबदलिने भन्दै प्रस्ताव अस्वीकार गरेको थियो ।

विज्ञहरूका अनुसार आणविक हतियार भण्डार बढ्दै जानु तथा रूस र चीनसँग सम्बन्ध गहिरिनुले किमलाई अमेरिकासँग सम्भावित वार्तामा विगतको तुलनामा बलियो बनाएको छ । किमले यस वर्ष अमेरिकाले उत्तर कोरियाप्रतिको ‘शत्रुतापूर्ण नीति’ त्यागी आफ्नो देशको आणविक राष्ट्रको हैसियत सम्मान गरे वार्तामा फर्कन सकिने बताएका थिए ।

यो पनि पढ्नुहोस्

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

१ दिन अगाडि
शिक्षामंत्री लखेटिएको घटना के हो ?

शिक्षामंत्री लखेटिएको घटना के हो ?

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुग्लिन–नारायणगढ सडकखण्ड दुईपटक सवारी आवागमन रोकिने

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

पोखराको बसपार्क क्षेत्र स्थानान्तरण गर्ने तयारी

बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक