सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ भदौ १३ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका चन्द्र कुबेर खापुङ्ग दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा बिहीबार आयोजित विशेष समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।

सुशोभन समारोहमा गृहसचिव दुवाडीले नेपाल सरकारले कार्यक्षमता, कार्यदक्षता, जेष्ठता लगायतका आधारमा उच्च मुल्याङ्कन गर्दै नेपाल प्रहरी संगठनको प्रमुखको रूपमा नियुक्त गरी प्रहरी महानिरीक्षक खापुङ्गलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खापुङ्गको कार्यकालमा सरकारले राखेको अपेक्षा पुरा हुने विश्वास व्यक्त गर्दै कार्यकाल पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

गृहसचिव दुवाडीले मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन तथा सुशासन कायम गर्न, अपराध नियन्त्रण गर्न एवम् सामाजिक न्याय कायम गर्न प्रहरीको अहम भूमिका रहेको चर्चा गर्दै आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु नै हामी सबैको कर्तव्य रहेकोले प्रहरी महानिरीक्षकले आफ्नो कार्यकालमा नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै आम नागरिकमा अझ राम्रो छाप बसाल्न तथा सकल दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाई संगठनको लक्ष्य एवम् उद्देश्य हासिल गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

समाजको गतिशीलता र प्रविधिको विकास सँगै आपराधिक गतिविधिमा पनि नयाँ नयाँ ढंगको प्रवृत्ति बढिरहेको अवस्थामा ती सबै आपराधिक गतिविधिलाई नियन्त्रण गरी समाजमा न्याय स्थापना गर्नु जरूरी रहेको बताउँदै गृहसचिव दुवाडीले भन्नुभयो, ‘ यसको लागि कुशल, दक्ष, सक्षम, उन्नत र गतिशील प्रहरीको आवश्यकता पर्दछ । तपाईको कार्यकालमा उल्लेखित विशेषतामा बढोत्तरी कायम गर्न तपाई र तपाईको सम्पूर्ण टिम सफल हुनुहोस् । अपराध अनुसन्धानमा कुशलता देखाउन सफल हुनुहोस् । भनसुन, चलखेल र पक्षपात हुन्छ भन्ने भाष्यलाई चिर्न सफल हुनुहोस् र नेपाल प्रहरी भनेको निष्पक्ष, पारदर्शी, विश्वासिलो, कानूनको पूर्ण परिपालना गर्ने व्यावसायिक संगठन हो भन्ने भावना जागृत गर्दै नतिजा देखिने गरी काम गर्न तपाई र तपाईको टिम सफल हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु’ । उपलब्ध भएका सीमित स्रोतसाधन, जनशक्ति र प्रविधिको उच्चतम प्रयोग गरेर सीमिततालाई अवसरको रूपमा बदल्न समेत प्रहरी महानिरीक्षक सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

गृहसचिव दुवाडीले साइबर अपराध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना लगायतका विभिन्न सामाजिक अपराधहरू चुनौतिको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतिहरूलाई न्यूनीकरण तथा नियन्त्रण गरेर सभ्य समाज निर्माण गर्न जरूरी रहेको र यसका लागि चुस्त दुरूस्त सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले प्रहरी संगठनको कार्यसम्पादनमा सदैव अभिभावकीय भूमिका निर्वाह गर्नुका साथै सदैव समन्वय, सहजीकरण र सहयोग गरिरहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । गृह प्रशासन सदैव नीति, विधि र पद्धति बमोजिम संचालित रहेको र गृह मन्त्रालय अन्तर्गत मातहत निकायहरूले नीति, विधि र पद्धति अन्तर्गत निर्वाह गरेका हरेक कामको गृह मन्त्रालयले अपनत्व लिने र त्यही अनुसार सबै निकाय संचालित होस् भन्ने अपेक्षा र विश्वास लिएको उहाँले बताउनुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले मुलुक प्रति निर्वाह गरेको निष्ठापूर्ण सेवा, कार्यक्षमता र व्यावसायिकताको कदर गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । नेपाल सरकार तथा गृह मन्त्रालयले सुम्पेको जिम्मेवारी पूर्ण निष्ठा, पेशागत अनुशासन, पारदर्शीता र सेवा भावका साथ निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी महानिरीक्षक पद व्यक्ति नभई संस्था भएको उल्लेख गर्दै व्यक्तिगत रूपमा सफल हुने भन्दा पनि संस्था सफल हुनु अपरिहार्य रहेको र त्यसले राष्ट्र, संगठन र समग्र प्रहरीका लागि हित गर्ने बताउनुभयो । समग्र नेपाल प्रहरी संगठनको श्रीवृद्धि गर्दै नागरिकमैत्री प्रहरी सेवालाई संस्थागत गर्न समर्पित रहनुका साथै आफ्नो कार्यकालमा संगठन र आवद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरूको हितका खातिर समर्पित हुने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । हेरक नागरिकले पेशागत व्यावसायिक, प्रभावकारी, नागरिकमैत्री र सेवामूलक नेपाल प्रहरीको अपेक्षा राखेको उल्लेख गर्दै आम नागरिकको सुझाव, सहकार्य र पृष्ठपोषणलाई आत्मसाथ गरी राज्य प्रतिको भरोसा र विश्वासमा अभिवृद्धि गर्दै लोककल्याणकारी राज्यको अनुभुति गराउन नेपाल प्रहरीले उच्च व्यावसायिक निष्ठा सहित आफ्नो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक खापुङ्गले नेपालको संविधानको मर्म अनुरूप प्रभावकारी कानून कार्यान्वयन, विधिको सासन र आम नागरिकका संवैधानिक हक तथा अधिकारको प्रत्याभूति, सुरक्षा, सुशासन, सामाजिक न्याय र सद्‍भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रहेको बताउनुभयो । अपराधमा बढ्ढो प्रविधिको प्रयोगले नयाँ नयाँ चुनौति देखा परेको र यसको सामना गर्न परम्परागत शैलीले भन्दा अपराध अनुसन्धानमा क्षमताको अभिवृद्धि गर्नुपर्ने जरूरी रहेको उहाँले बताउनुभयो । संगठनमा विधि र पद्धतिको पालना आफ्नो मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै उहाँले यस संकल्पमा तालुक गृह मन्त्रालय र सहकर्मीहरूबाट साथ एवम् सहयोगको अपेक्षा समेत गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक खापुङ्गले बिहीबार आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक खापुङ्ग नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गर्नुभयो ।

प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुकासाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।

 

 

सामूहिक भावना र भातृत्वभावका साथ जिम्मेवारी वहन गर्नुपर्ने – प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग

काठमाडौं, १९ भदौ

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले संगठनको दीर्धकालीन श्रीवृद्धि, व्यावसायिकता र प्रतिष्ठाको प्रवर्द्धनका लागि नेतृत्व तह देखि तल्लो तह सम्मका कर्मचारीहरूमा सकारात्मक सोच, सक्रियता र उत्तरदायित्व आवश्यक रहेको चर्चा गर्दै सांगठनिक सुदृढीकरणका लागि सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावना र भातृत्वभावका साथ आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक खापुङ्गले फौजदारी न्याय प्रणालीको प्रमुख अंगको रूपमा नेपाल प्रहरीले देशव्यापी संजाल मार्फत अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका साथै शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका क्रियाकलापहरूमा राज्यको पहिलो प्रतिनिधिको रूपमा उपस्थिति देखाइ आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहेको बताउनुभयो ।  नेपाल प्रहरी शान्ति सुरक्षा, अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान र राज्यको कानून कार्यान्वयन एवम् नागरिकको सुरक्षा र सेवाको लागि न्यून स्रोत र साधनको उपलब्धतामा पनि सधै अग्रपंक्तिमा खटिँदै आम नागरिकको ढुकढुकीमा बस्न सफल संगठन भएको चर्चा गर्दै आम नागरिकको अपेक्षालाई शिष्ट आचरण एवम् व्यवहारका साथ सम्बोधन गर्दै आम नागरिकको हृदयमा आस्था, विश्वास र भरोसा कायम राख्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यो पनि पढ्नुहोस्

इरानले तेल बोकेर अमेरिका गइरहेको जहाज  समात्यो

मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी तेल आपूर्तिमा असर

१६ मिनेट अगाडि
झापा महिला गोल्डकप फुटबलको आज फाइनल

टीकापुरमा खुला महिला फुटबल प्रतियोगिता हुने

१ घण्टा अगाडि

प्रहरी महानिरीक्षक खापुङ्गले सामाजिक सञ्जालमा देखिएका आवाञ्छित गतिविधिहरू, वित्तीय अपराध, साइबर अपराध, लागूऔषध, मानव बेचबिखन, आर्थिक अपराध जस्ता जटिल र संगठित अपराधहरूको अनुसन्धानमा अझ संवेदनशील, विवेकशील र कानूनी रूपमा प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै यसका लागि दक्ष जनशक्तिको विकास, प्रशिक्षण तथा प्रविधिको व्यवस्थापन आफ्नो प्राथमिकता रहेको बताउनुभयो । प्रहरी कर्मचारीहरूको मुल्याङ्कनमा कार्यसम्पादनको स्तर, व्यावसायिक दक्षता र संगठनप्रतिको वफादारितालाई प्राथमिकता दिई सोही अनुरूप वृत्तिविकास र अवसरको उपलब्धता सुनिश्चित गराउन निरन्तर प्रयासरत रहने एवम् योग्यतामा आधारित पद्धति र निष्पक्ष प्रकृयामा प्रहरी कर्मचारीहरूको वृत्तिविकासको लागि आवश्यक थप मापदण्डहरू निर्माण गर्दै लैजाने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक खापुङ्गले राष्ट्र र नागरिक सेवामा आफ्नो निजि स्वार्थ र व्यक्तिगत लाभ भन्दा माथि उठेर जिम्मेवारी निर्वाह गर्नु प्रहरी सेवाको मुल मर्म भएको र संगठनले निर्दिष्ट गरेको अनुशासन र व्यावसायिक प्रहरी कर्मचारीको मर्यादाको सीमाभित्र रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरू विरूद्ध शून्य सहनशीलताको नीति कडाईका साथ लागू गर्न कटिवद्ध रहेको उहाँले बताउनुभयो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।

 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं, १९ भदौ

काठमाडौं महानगरपालिका-१५ बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ४३ वर्षीय अशोक रूम्बालाई अवैध लागूऔषध गाँजाको धुलो (पोल्यान्ड) जस्तो देखिने पदार्थ १ किलो ३ सय ६४ ग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने धादिङ घर भएका ३५ वर्षीय कौशल लामगाढे र काठमाडौं असन बस्ने बारा कलैया उपमहानगरपालिका-३ घर भएका २७ वर्षीय रवि शाह रहेका छन् । प्रहरी वृत्त बालाजुबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१८ चिसाखोला डेरा गरी बस्ने ३३ वर्षीय भिम बहादुर मगर समेत २ जनालाई नियन्त्रित लागूऔषध टापेन्टाडोल १३ हजार ५ सय ३० ट्याब्लेट र नगद २ लाख ३९ हजार रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ५० मिलिलिग्राम सहित डोटी जोरायल गाउँपालिका-३ बस्ने २३ वर्षीय विजय सुब्बालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उदयपुर, कटारी नगरपालिका-४ बस्ने ३२ वर्षीय दिपेन राईलाई नियन्त्रित लागूऔषध स्पास्मो २० ट्याब्लेट र टापेन्टाडोल २० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने ४० वर्षीया पुनम थापा मगर र उनकै छोरा २१ वर्षीय अभिषेक थापा मगरलाई अवैध लागूऔषध गाँजा १ किलो १ सय ४० ग्राम सहित पक्राउ गरेको छ ।

दाङ, घोराही उपमहानगरपालिका-१३ डम्मुर गाउँ बस्ने २१ वर्षीय पुस्कर घर्तिलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा घोराही उपमहानगरपालिका-१३ तुरून्तपुरस्थित पुस्करको डेरा कोठा तलासी गर्दा थप ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर फेला पारी पुस्करको दाजु २७ वर्षीय कमल घर्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

मोरङ, कानेपोखरी गाउँपालिका-६ रमाइलो बस्ने २६ वर्षीय मिन बहादुर बस्नेतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४९ ग्राम ८ सय ६० मिलिग्राम सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, इटहरी उपमहानगरपालिका-२ हलगडा चोकबाट अवैध लागूऔषध ट्रामाडोल ८५ ट्याब्लेट र स्पास्मो ८५ ट्याब्लेट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-४ बस्ने २० वर्षीय अनिल राई, ३५ वर्षीय प्रेम बहादुर राई, झापा कमल गाउँपालिका-३ बस्ने ३३ वर्षीय सन्तोष बस्नेत र मोरङ सुन्दरहरैंचा नगरपालिका-२ बस्ने २२ वर्षीय प्रतिक भण्डारी रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

 

ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १९ भदौ

ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी नुवाकोट सूर्यगढी गाउँपालिका-१ ठेगाना भएका ३५ वर्षीय प्रकाश तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

आफुसँग बहुमुल्य चम्किने ढुंगा (Light Stone) रहेको र उक्त ढुंगा महंगो मुल्यमा बिक्री गर्न सकिन्छ भनि झुक्यानमा पारी ठगी गरेको घटनामा जिल्ला अदालत काठमाडौंबाट ठगी सम्बन्धी कसूर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा नुवाकोट बिदुर नगरपालिका-२ बाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

ओली र लेखक पक्राउ पुर्जीको आधार नदेखिएको जिकिर

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

२०८०/८१ को सुरुआती ७ महिनामा ८ खर्ब व्यापार घाटा

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक