सोम, अशोज १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

झलनाथ खनालको अगुवाइमा समाजवादी जागरण अभियान सञ्चालन हुने

धारणा न्यूज by धारणा न्यूज
४२ मिनेट अगाडि
Reading Time: 1 min read
0
झलनाथ खनालको अगुवाइमा समाजवादी जागरण अभियान सञ्चालन हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा समाजवादी जागरण अभियान सञ्चालन हुने भएको छ । शनिबार खनालको नेतृत्वमा सम्पन्न गोप्य भेलाले पछिल्लो समय ठुला वामपन्थी पार्टीहरूभित्र वैचारिक बहस तथा राजनीतिक प्रशिक्षण कमजोर हुँदै गएको निष्कर्ष निकाल्दै अभियान चलाउने निर्णय गरेको थियो ।

भेलाले समसामयिक राजनीतिक तथा वैचारिक विषयसँग सम्बन्धित विभिन्न प्रस्ताव पारित गरेको वामपन्थी नेता महेश्वर दाहालले बताए । ‘राजनीतिक तथा वैचारिक रूपमा वामपन्थी आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्नेगरी समाजवादी जागरण अभियान चलाउने निर्णय भएको छ । भेलाको उद्देश्य, कार्यक्रम र निर्णयहरूबारे सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिइन्छ’, दाहालले भने ।

उनका अनुसार नेकपा र विभिन्न वामपन्थी पार्टीबाट ७० जनाभन्दा बढी नेता भेलामा सहभागी भएका थिए । बिहान ८ बजेदेखि सुरु भएको भेला बेलुका ६ बजेसम्म चलेको थियो । सहभागीहरूका अनुसार कार्यकर्ता तहमा नेतृत्वप्रति असन्तुष्टि बढिरहेको अवस्थामा समाजवादी जागरण अभियानमार्फत नयाँ वैचारिक तथा राजनीतिक पहल अघि बढाउने सम्बन्धमा निर्णय भएको थियो ।

कार्यक्रमलाई गोप्य रूपमा आयोजना गरिए पनि भेलामा भएका छलफल, निर्णय तथा आगामी कार्यक्रमबारे आयोजक पक्षले सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत जानकारी गराउने नेता दाहालले जानकारी गराए ।

पार्टी नेतृत्वप्रति असन्तुष्ट देखिएका खनालको अगुवाइमा भएको गोप्य भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेलालाई नयाँ पार्टी खोल्नेभन्दा पनि समाजवादी जागरण अभियानको रूपमा बुझ्न दाहालले आग्रह गरे । पार्टी पुनर्गठनका लागि नेतृत्व नसच्चिए नयाँ पार्टी खोल्नका लागि प्रस्थान बिन्दु हुन सक्ने उनले स्पष्ट पारे ।

‘अहिले वामपन्थी आन्दोलनको पुनर्गठनका लागि समाजवादी जागरण अभियान चलाउने निर्णय गरेका छौँ । यो विशुद्ध राजनीतिक तथा वैचारिक समूह हो’, रातोपाटीसँग खनालले भने, ‘ठुला पार्टीको वर्तमान नेतृत्वबाट अब वामपन्थी आन्दोलन अगाडि बढ्न सक्दैन । समाजवादी जागरण अभियान तोड्न होइन, जोड्नका लागि हो । बृहत् वामपन्थी एकताका लागि प्रस्थान बिन्दु हो । यसबारे हामी पत्रकार सम्मेलन गरी प्रस्ट पार्छौं ।’

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालको नेतृत्वमा अब वामपन्थी आन्दोलन अगाडि बढाउन नसक्ने निष्कर्षसहित खनालले असारको पहिलो हप्ता पार्टीमा ३६ बुँदे फरक प्रस्ताव पेस गरेका थिए । असोज ६ गते बसेको बसेको केन्द्रीय संयोजन समिति बैठकमा महाधिवेशन सम्बन्धी २२ बुँदे सुझाव पत्र उनले पेस गरेका थिए ।

भेलामा नेकपा, एमाले, साविक एकीकृत समाजवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत विभिन्न पार्टीबाट नेताहरू सहभागी भएको बुझिएको छ । सहभागीहरूको नामावली पनि पत्रकार सम्मेलन गरी जानकारी दिइने नेताहरूले जनाएका छन् । भेलामा खनालसहित निष्कासनमा परेका नेताहरू हरिबोल गजुरेल, कुलप्रसाद केसी, महेश्वर दाहाल, पानीराज बम्जन, क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली लगायत नेताहरू सहभागी भएको बुझिएको छ ।

यता नेकपाका प्रवक्ता प्रकाश ज्वालाले पार्टीबाट भेलामा सहभागी भएकाहरूको विषयमा आफूलाई कुनै जानकारी नभएको जनाए । ‘भेला भएको सुनेको छु । पार्टीको तर्फबाट को–को सहभागी भए भन्ने थाहा छैन । यस विषयमा म पनि बुझ्दैछु’, उनले भने ।

यो पनि पढ्नुहोस्

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

१४ घण्टा अगाडि
वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

त्रिवि परीक्षा केन्द्रमा सीसी क्यामेरा

कांग्रेसको १५औँ महाधिवेशन केही फरक हुने

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

अब कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नहुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक