सोम, अशोज १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जाेड

धारणा न्यूज by धारणा न्यूज
४४ मिनेट अगाडि
Reading Time: 1 min read
0
कांग्रेसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जाेड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठूलो राजनीतिक शक्ति उसको लामो इतिहास भएको जनाएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको आफूले सधैँ सम्मान गर्ने जनाए। कांग्रेसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनको धारणा थियो।

‘नेपाली कांग्रेसको शक्ति इतिहास हो। कमजोर पनि इतिहास हो,’ उनले भने, ‘कांग्रेसको इतिहासबाट पाठ सिक्नैपर्छ। यसमा हामी पाठ सिकेर अगाडि बढ्नेछौँ।’

लामिछानेले कांग्रेसको विगतको योगदान र उपलब्धिसँगै उसका कमजोरीबाट पनि नयाँ पुस्ताले सिक्नुपर्ने जनाए। इतिहासलाई गौरव गर्ने विषयमा मात्रै सीमित नगरी आगामी राजनीतिक यात्राका लागि सिकाइका रूपमा लिनुपर्ने उनको धारणा थियो।

उनले आफू पनि कांग्रेसमा हुन सक्ने प्रसंग सुनाउँदै कांग्रेसले नयाँ पुस्तालाई समयमै नेतृत्व र अवसर दिएको भए आफू कांग्रेसमै हुन सक्ने संकेत गरे। दलहरूले नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहनालाई सम्बोधन गर्नुपर्ने उनले जनाए।

महाधिवेशनको मञ्चमा आफू सत्तापक्ष भए पनि एक्लो प्रतिपक्षीजस्तो देखिएको भन्दै लामिछानेले व्यंग्यात्मक शैलीमा भने, ‘आज यो मञ्चको एक्लो प्रतिपक्षी भएछु। सत्तापक्ष तर यो मञ्चको एक्लो प्रतिपक्ष। प्रायः एक्लो हुने बानी पनि छ मलाई।’

भाषण, नारा र घोषणापत्रमा मात्रै सीमित राजनीति अब पर्याप्त नहुने भन्दै लामिछानेले जनताले राजनीतिक दलको काम र परिणाम हेर्न थालेको बताए। आफूहरूले काम गर्न नसके निर्वाचनमार्फत जनताले निर्णय गर्ने भन्दै उनले जनमतको सम्मान गर्नुपर्ने जनाए।

राष्ट्रिय हितका विषयमा भने राजनीतिक दल र झन्डाको भिन्नता गौण हुने उनको भनाइ थियो।

‘पार्टीको कुरा होइन, मुलुक र देशको कुरा आउँछ त्यतिबेला पार्टी र झन्डा फरक हुँदैन,’ उनले भने।

सरकार कमजोर भएको चर्चा भइरहे पनि वर्तमान सरकार नढल्ने दाबी गर्दै लामिछानेले सरकार परिवर्तनको निर्णय राजनीतिक दलको दबाब वा चर्चाबाट नभई जनताको मतबाट हुने जनाए।

‘सरकार कमजोर भयो भन्ने पनि सुनिन्छ। यो सरकार ढल्दैन, नढलेपछि अरू ढल्छन्,’ उनले भने।

लोकतन्त्रको ठेक्का कुनै एउटा राजनीतिक दलले लिन नहुने भन्दै लामिछानेले लोकतन्त्र खतरामा परे जनताले त्यसको रक्षा गर्ने बताए। आफूहरूलाई हटाउने वा विस्थापित गर्ने अधिकार पनि निर्वाचनमार्फत जनतामै रहेको उनको भनाइ थियो।

‘लोकतन्त्रको ठेक्का नलिनुस्, लोकतन्त्र खतरामा परे जनताले जोगाउँछन्,’ उनले भने, ‘हामीलाई हटाउन, विस्थापन गर्न चुनावले मात्रै सक्छ।’

आफूहरूले काम गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई अस्वीकार गर्ने कुरा स्वीकार्य रहेको उनले जनाए।

‘हामीले काम गर्न सकेनौँ भने हामीलाई डाँडो कटाउनुस् भनेकै छौँ,’ उनले भने।

लामिछानेले बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रका मूल्य र मान्यतालाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरे। लोकतन्त्रलाई कमजोर पार्ने कुनै प्रयास स्वीकार्य नहुने भन्दै उनले राजनीतिक परिवर्तनको रक्षा सबैको जिम्मेवारी भएको जनाए।

कांग्रेस सभापति गगनकुमार थापाको नेतृत्वमा पार्टी नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै लामिछानेले कांग्रेसले आफ्नो लामो इतिहासबाट सिक्दै नयाँ पुस्ताको चाहना र जनताको अपेक्षासँग जोडिएर अघि बढ्नुपर्ने जनाए।

यो पनि पढ्नुहोस्

झलनाथ खनालको अगुवाइमा समाजवादी जागरण अभियान सञ्चालन हुने

झलनाथ खनालको अगुवाइमा समाजवादी जागरण अभियान सञ्चालन हुने

५२ मिनेट अगाडि

ब्राजिलमा दोस्रो चरणको मतदान हुने

५७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

कांग्रेसको १५औँ महाधिवेशन केही फरक हुने

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

अब कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नहुने

Live: कांग्रेसको १५औं महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक