आइत, अशोज १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेसको १५औँ महाधिवेशन केही फरक हुने

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अघिल्ला महाधिवेशनभन्दा केही फरक हुने भएको छ। विशेष महाधिवेशनबाट विधानमा गरिएका संशोधन कार्यान्वयन गर्दै कांग्रेसले यसपटक प्रतिनिधित्वको संरचनादेखि महाधिवेशन सञ्चालन, बहस र प्रचारशैलीसम्म नयाँ अभ्यास अघि सारेको छ।

युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्व बढाउनेदेखि राजनीतिबाहिर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई पार्टीको केन्द्रीय नेतृत्वमा ल्याउने व्यवस्थासम्म यसपटक समेटिएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा देखिने प्रमुख १८ नयाँ अभ्याAस यस्ता छन् :

१. ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित

यसपटक कांग्रेसले ३५ वर्षमुनिका युवालाई पार्टीको नेतृत्व संरचनामा सुनिश्चित प्रतिनिधित्व गराउने व्यवस्था गरेको छ। वडादेखि केन्द्रसम्म युवाको सहभागिता बढाउने गरी विधानमै व्यवस्था गरिएको छ।

२. केन्द्रमा २१ युवा सदस्य

केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा सदस्य निर्वाचित हुनेछन्। प्रदेशगत तथा खुला समूहबाट युवालाई केन्द्रीय नेतृत्वमा ल्याउने व्यवस्था गरिएको छ।

३. महिलाका लागि कम्तीमा एकतिहाइ प्रतिनिधित्व

कांग्रेसका विभिन्न तहका कार्यसमितिमा महिलाको प्रतिनिधित्व कम्तीमा एकतिहाइ सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। यसले वडा तहदेखि केन्द्रीय नेतृत्वसम्म महिला सहभागिता बढाउने लक्ष्य राखेको छ।

४. सहमहामन्त्रीको संख्या ११

कांग्रेसमा सहमहामन्त्रीको संख्या आठबाट बढाएर ११ पुर्‍याइएको छ। समावेशी समूहबाट निर्वाचित हुने तथा सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको छ।

५. ‘ल्याटरल इन्ट्री’बाट विज्ञलाई पार्टी नेतृत्वमा ल्याइने

लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय कार्यकर्तामात्र नभई विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिलाई पनि कांग्रेसको मूल नेतृत्वमा प्रवेश गराउने बाटो खोलिएको छ।

यही व्यवस्थाअन्तर्गत सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

६. विदेशस्थित कांग्रेसजनलाई केन्द्रीय संरचनामा स्थान

विदेशमा रहेका नेपाली कांग्रेससम्बद्ध व्यक्तिलाई पनि केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको छ।

नेपाली जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिमध्येबाट छ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

७. समावेशी प्रतिनिधित्व थप फराकिलो

अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई केन्द्रीय समितिमा सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी श्रमिक, प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडितको प्रतिनिधित्वलाई पनि समेट्ने व्यवस्था गरिएको छ।

यो पनि पढ्नुहोस्

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

२ घण्टा अगाडि
जनमत पार्टीको अध्यक्षमा पुन: डा. सीके राउत निर्वाचित

जनमत पार्टीको अध्यक्षमा पुन: डा. सीके राउत निर्वाचित

२ घण्टा अगाडि

८. २३२ सदस्यीय केन्द्रीय कार्यसमिति

नयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ।

त्यसमध्ये १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको छ।

यसले अघिल्लो संरचनाभन्दा कांग्रेसको केन्द्रीय नेतृत्वलाई थप फराकिलो बनाउनेछ।

९. औपचारिक प्यानल नबनाउने

यसपटक नेतृत्व चयनमा विगतमा जस्तो औपचारिक प्यानल बनाएर निर्वाचनमा जाने अभ्यास नगर्ने बताइएको छ।

प्रतिनिधिले उम्मेदवार छनोटमा आफ्नो स्वविवेक प्रयोग गर्ने गरी निर्वाचन अघि बढाउने तयारी गरिएको छ।

१०. प्रदेशगत समूहमा बन्दसत्र

करिब सात हजार प्रतिनिधिलाई एउटै हलमा राखेर छलफल गराउनुको सट्टा विभिन्न समूहमा विभाजन गरी राजनीतिक, सांगठनिक तथा नीतिगत दस्तावेजमाथि छलफल गराउने तयारी गरिएको छ।

यसले ठूलो संख्यामा रहेका प्रतिनिधिलाई छलफलमा सहभागी गराउन सहज हुने अपेक्षा गरिएको छ।

११. हिमाल, पहाड र तराई–मधेश नामका तीन बन्दसत्र हल

महाधिवेशनका बन्दसत्रका लागि खुलामञ्चमा तीनवटा ठूला संरचना तयार गरिनेछन्।

छलफलका लागि तयार गरिएका हलको नाम ‘हिमाल’, ‘पहाड’ र ‘तराई–मधेश’ राखिएको छ।

तीनवटा संरचनामा प्रतिनिधिलाई विभाजन गरी राजनीतिक, सांगठनिक तथा नीतिगत विषयमा छलफल गराउने तयारी छ।

१२. दस्तावेज डिजिटल माध्यमबाट उपलब्ध

महाधिवेशनका राजनीतिक तथा सांगठनिक दस्तावेज प्रतिनिधिलाई डिजिटल माध्यमबाट समेत उपलब्ध गराउने तयारी गरिएको छ।

यसले कागजी दस्तावेजको प्रयोग घटाउनुका साथै प्रतिनिधिलाई आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

१३. प्रतिनिधिको सुझाव र बहस अभिलेख गरिने

महाधिवेशनमा प्रतिनिधिले राखेका धारणा, सुझाव र बहसलाई अभिलेखका रूपमा सुरक्षित गर्ने तयारी गरिएको छ।

महाधिवेशनमा आएका सुझावलाई समेटेर अन्तिम राजनीतिक तथा सांगठनिक दस्तावेजलाई परिमार्जन गर्ने भनिएको छ।

१४. डिजिटल मतदानको प्रयास, अन्ततः परम्परागत मतदान

कांग्रेसले यसपटक विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने तयारी गरेको थियो।

तर प्राविधिक तथा व्यवस्थापकीय कारणले अन्तिम समयमा परम्परागत मतदान प्रणालीबाटै निर्वाचन गर्ने निर्णय गरिएको छ।

१५. प्रचारशैलीमा ठूलो परिवर्तन

यसपटक काठमाडौंका विभिन्न स्थानमा ठूला गेट, होर्डिङ बोर्ड, तोरण र अत्यधिक झण्डा राखेर प्रचार गर्ने परम्परालाई निरुत्साहित गरिएको छ।

उम्मेदवारलाई डिजिटल माध्यमबाट प्रचार गर्न जोड दिइएको छ।

त्यसैगरी उम्मेदवारले पर्चा छापेर मतदानस्थलमा वितरण गर्न नपाउने व्यवस्था गरिएको छ।

१६. उद्घाटन र बन्दसत्र एउटै स्थानमा

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनसँगै बन्दसत्रसमेत काठमाडौंको खुलामञ्चमा गर्ने तयारी गरिएको छ।

ठूलो संख्यामा प्रतिनिधि सहभागी हुने भएकाले त्यसअनुसार खुलामञ्चमा आवश्यक संरचना तयार पारिँदैछ।

१७. विपद्का कारण भड्किलो शैलीमा रोक

देशले पछिल्लो समय ठूलो प्राकृतिक विपद्को सामना गरेको सन्दर्भमा कांग्रेसले महाधिवेशनलाई अत्यधिक खर्चिलो र भड्किलो नबनाउने नीति लिएको छ।

सहरभरि ठूलो मात्रामा प्रचार सामग्री राख्ने, सजावट गर्ने तथा अनावश्यक खर्च गर्ने पुरानो शैलीलाई सीमित गरिएको छ।

१८. ‘कांग्रेस २.०’को बहस

यसपटकको महाधिवेशनमा नेतृत्व चयनसँगै कांग्रेसको आगामी राजनीतिक दिशा, संगठन सुधार र नयाँ पुस्ताको भूमिकामाथि पनि बहसलाई प्राथमिकता दिइएको छ।

‘बदलियो कांग्रेस, बदल्छौँ देश’ र ‘कांग्रेस २.०’ जस्ता नारामार्फत पार्टीलाई नयाँ सोच र नयाँ शैलीमा अघि बढाउने सन्देश दिन खोजिएको छ।

नेतृत्व चयनसँगै संगठन सुधारको सन्देश

यसरी हेर्दा नेपाली कांग्रेसको १५औँ महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने नियमित राजनीतिक अधिवेशनमा सीमित नरहने देखिन्छ।

विधान संशोधनमार्फत युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने, महिलाको सहभागिता बढाउने, विभिन्न समुदायलाई नेतृत्वमा समेट्ने, विदेशस्थित कांग्रेसजनलाई केन्द्रमा स्थान दिने र राजनीतिबाहिर विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिलाई ल्याटरल इन्ट्री मार्फत पार्टीमा ल्याउने प्रयास यसपटक गरिएको छ।

त्यसैगरी महाधिवेशन सञ्चालनमा डिजिटल प्रविधिको प्रयोग, समूहगत बहस, छलफलको अभिलेखीकरण, प्रचारमा डिजिटल माध्यमलाई प्राथमिकता र भड्किलो प्रचारशैलीमा नियन्त्रण गर्ने अभ्यास पनि अघि सारिएको छ।

त्यसैले १५औँ महाधिवेशनलाई कांग्रेसभित्र नेतृत्व परिवर्तनसँगै संगठनको शैली, प्रतिनिधित्व र राजनीतिक कार्यशैली परिवर्तन गर्ने प्रयासका रूपमा हेरिएको छ।

युवादेखि महिलासम्म, विदेशस्थित कांग्रेसजनदेखि पेशाकर्मी र विज्ञसम्मलाई नेतृत्वमा जोड्ने प्रयास र ‘कांग्रेस २.०’ को बहसले यसपटकको महाधिवेशनलाई अघिल्ला अधिवेशनभन्दा फरक बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

त्रिवि परीक्षा केन्द्रमा सीसी क्यामेरा

कांग्रेसको १५औँ महाधिवेशन केही फरक हुने

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

अब कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नहुने

Live: कांग्रेसको १५औं महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक