सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

सामाजिक सञ्जाललाई सञ्चार संस्थाको परिभाषाभित्र समेट्ने प्रस्ताव

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
नेपालमा सामाजिक सञ्जाल प्लेटफर्महरु दर्ता नभए बन्द हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई सञ्चार संस्थाको परिभाषाभित्र समेट्ने प्रस्ताव गरेको छ ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याएको मिडिया काउन्सिलसम्बन्धी लविधेयकमा यस्तो व्यवस्था प्रस्तावित छ ।

‘सञ्चार संस्था’ भन्नाले आमसञ्चार माध्यम सञ्चालन गर्न प्रचलित कानून बमोजिम स्थापना वा दर्ता भएको सञ्चार संस्था वा प्रतिष्ठान सम्झनुपर्छ र सो शब्दले कुनै व्यक्ति, समूह वा संस्थाबीच एक अर्कासँग अन्तक्रियात्मक सञ्चार र विषयवस्तु प्रसार गर्ने उदेश्यले स्थापित अनलाइन सञ्चार संस्था तथा सामाजिक सञ्जाललाई समेत जनाउँछ’ विधेयकको दफा २ को उपदफा (ढ)मा भनिएको छ ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार संस्थाको परिभाषामा समेटिएपछि त्यसको आचारसंहिता, अधिकार र कर्तव्य जस्ता विषयहरु आर्कषित हुन्छन् । पत्रकार आचार संहिताको पालनाको विषय पनि आर्कषित हुन्छ ।

हाल ब्लग, भ्लग, फेसबुक पेजका सामग्रीहरु मिडिया काउन्सिलको अनुगमन गर्ने संस्थाभित्र पर्दैनन् । प्रस्तावित व्यवस्था संघीय संसदले स्वीकार गरे प्रचलित ऐन बमोजिम सूचना र समाचार सम्प्रेषण भए/नभएको विषयमा संस्थागत सामाजिक सञ्जाल मिडिया काउन्सिलको  अनुगमनमा पर्नेछ ।

अनुगमनका आधारमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत गराउने लगायतका कार्यका लागि प्रस्तावित व्यवस्था आवश्यक भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यो विधेयक विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विधेयक हो । विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले संसदीय उपसमिति नै गठन गरेको छ ।

यही साउन १६ गते गठिन उपसमितिमा नेकपा एमालेकी सांसद दीपा शर्मा संयोजक छिन् । सात सदस्यीय उपसमितिमा सांसदहरू ज्ञानु बस्नेत सुवेदी, डा. तोसिमा कार्की, विनिताकुमारी सिंह, महेन्द्रकुमार राय, प्रभु हजारा र लीलादेवी लिम्बु सदस्य रहेका छन् ।

उपसमितिलाई काम सुरु गरेको १५ दिनभित्र प्रतिवेदन समितिसमक्ष पेस गर्न समय दिइएको छ । तर, समिति गठन भएको ९ दिन सम्म पनि उपसमितिमा विधेयकमाथि छलफल सुरु हुन सकेको छैन ।

काम सुरु गरेको १५ दिनभित्र प्रतिवेदन समितिसमक्ष पेस गर्न भनिएकाले काम सुरु गरेपछि धेरै समय नलगाएर मिडिया काउन्सिल विधेयकको प्रतिवेदन तयार पारिने संयोजक शर्माले जानकारी दिइन् ।

विद्यालय शिक्षा विधेयकमाथि छलफल चलिरहेकाले मिडिया काउनिसल विधेयकमाथिको छलफल अगाडि बढ्न नसकेको समिति सदस्यहरू जनाउँछन् ।

यो पनि पढ्नुहोस्

आजदेखि सुपर–८का खेल सुरू हुँदै

त्रिवि क्रिकेट रगंशाला खाली गर्न क्यानलाई ३५ दिने अल्टिमेटम

१ घण्टा अगाडि
इरानले तेल बोकेर अमेरिका गइरहेको जहाज  समात्यो

मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी तेल आपूर्तिमा असर

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशका विभिन्न स्थानमा  बदली

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

ओली र लेखक पक्राउ पुर्जीको आधार नदेखिएको जिकिर

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

२०८०/८१ को सुरुआती ७ महिनामा ८ खर्ब व्यापार घाटा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक