काठमाडाैं । स्वर समीप म्यूजिक एकेडेमीकाे आयोजनामा नेपालभाषाकाे राष्ट्रिय भावना जागृत भएकाे नेपाः माया म्ह्याय् मचा सार्वजनिक भएकाे छ ।
कीर्तिपुर सिनेप्लेक्समा आइतबार भएकाे सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि संस्कृतिबिद् प्रयागमान प्रधानले नेपाल आमा छाेरी म्यूजिक भिडियाे मार्फत राष्ट्रिय भक्तिका साथै नेवाः पहिचान समावेश गरिएकाे सुन्दर पक्ष रहेकाे धारणा राखे ।
गीत रचनाकार लोककवि राजभाई जकःमिले विज्ञानको आँखा खोलेर नयाँ युगमा अघि बढ्नु पर्ने सन्देश दिइएकाे जनाउँदै गीत खाली गीतका लागि मात्र नभई गीतले देश समाज चलाइरहेकाे धारणा राखे ।
अहिले बिदेश पलायन भइरहेकाे बढ्दाेक्रमलाई चिर्दै विदेशमा सिकेकाे शिक्षा, कामबाट स्वदेशकाे विकास गर्नुपर्ने सन्देश दिइएकाे यस म्यूजिक भिडियाेमा संगीतकार गुजे मालाकारले संगीत राखेकाे छ भने जुगोल डंगोलले संगीत गरेका छन् ।
अधिकांश छायांकन कीर्तिपुरकाे चिलंचाेमा गरिएकाे यस म्यूजिक भिडियाेले हाम्रा पुर्खाको आर्दश नभुलि देशप्रति सधैं इमान्दार, स्वाभिमानी रहि युग सुहाउँदो प्रगतिकाे पथमा सम्पुर्ण नेपालीहरु अगाडि बढ्नपर्ने तथा सदियाैंदेखि उत्पिडनमा रहेकाे नारीहरुलाई पनि पुरूष सरह समान शिक्षा दिनुपर्ने सन्देश दिइएकाे छ ।
काेमल शाेभा म्यूजिक यूट्युब च्याइनलेबाट सार्वजनिक भएकाे यस म्यूजिक भिडियाेमा प्रमुख कलाकारहरूमा गायिकाद्धय डा. मोहन शोभा महर्जनकी ममतामयी माता मोहन माया महर्जन, चौथी महर्जन, प्रमिला, दुर्गा महर्जन, रफेला महर्जन, प्रसिद्धि महर्जन, पलिस्था महर्जन, जोया महर्जन, राइसा महर्जन सुजिता बोहराकाे सुन्दर अभिनय रहेकाे छ ।
नेपालभाषाका पेज थ्रीका सम्पादकले यस म्यूजिक भिडियाे अन्य पृथक रहेकाे जनाउँदै हाम्राे परिवेश समावेशका साथै संगीत संयाेजनमा कर्ण प्रिय रहेकाे छ । मायाप्रेमकाे गीत भन्दा देशभक्ति भावना रहेकाे उनले समीक्षा गरेकाे थियाे ।
उक्त कार्यक्रममा म्यूजिक भिडियाे बनाउन सहयाेगीहरू हातहरूला मायाकाे चिनाे समेत प्रदान गरिएकाे कार्यक्रमकाे सञ्चालक गायिका दिपा महर्जनले कार्यक्रम सञ्चालन गरिएकाे थियाे ।
यस म्यूजिक भिडियोको चर्चित कलाकार लक्ष्मीकुमार महर्जनले निर्देशन गरिएकाे थियाे ।
तलकाे लिंकमा क्लिक गरेर हेर्न सकिन्छ :
्


