कीर्तिपुर । कीर्तिपुर वडा नं. १ ले लाखे नाच अबदेखि प्रत्येक हप्ताकाे २ दिन शनिबार, मंगलबार मात्रै नचाउन अनुरोध गरेका छन् ।
कीर्तिपुर नगरपालिका वडा नं. १ अध्यक्ष इच्छा महर्जनकाे हस्ताक्षर सहित साे सूचना मार्फत जानकारी गराएको छ ।
साे सूचनामा भनिएको छ, “जुन लाखे नाच गथांमुगःदेखि कृष्णाष्टमीसम्म प्रत्येक शनिबार र मंगलबार तथा कुनै चाडपर्वमा मात्र नचाउने भएकोले सो दिनहरुमा मात्र स्थानीय लाखे नाच नचाइदिनु हुन सबैमा हार्दिक अनुरोध गरिन्छ ।”
तर यहाँका स्थानी बासिन्दाहरूले वडा नं. एक मात्र नभई कीर्तिपुर सम्पूर्ण नगरमा लागू हुनु पर्नेमा स्थानीय बासिन्दाहरूले जाेड दिएका छन् ।



