रौतहट । फतुवा विजयपुर नगरपालिका-१० दुधिअवास्थित सडकमा को.२ च ३२६३ नम्बरको गाडीले प्र.२-०३-००५ प ३ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक कटहरिया नगरपालिका-५ कटहरिया बस्ने ६० वर्षीय सुशिल रोक्का क्षेत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नेश्नल मेडिकल कलेज वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहको छ ।
प्रहरीले हाल फरार गाडी चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


