काठमाडौं । बर्दिया, बाँसगढी नगरपालिका-५ विद्युत चोकस्थित सडकमा सु.प.प्र.०१-००१ क २९५९ नम्बरको मिनी ट्रकको ठक्करबाट साइकलयात्री हाल नाम, थर र वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरूषको गए राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मिनी ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, भरतपुर महानगरपालिका-१ रामनगर भतेरी जङ्गलस्थित सडकमा बा.प्र.०६-००१ ख ०३३७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


