काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको दासढुङ्गा नजिकै तेल ट्याकंरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।
सोमबार दिउँसो ४:४० बजेतिर नारायणगढ बाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख १३६६ नम्बरको तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मृतकको साथबाट प्रहरीले भरतपुर महानगरपालिका-११ ठेगाना उल्लेख भएको सागर कुमाल नामको चालक अनुमति पत्र (लाइसेन्स) फेला पारेको जनाएको छ ।


