सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष निलम्बित

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष निलम्बित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बुटवल । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुल्ने राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई संघले एक वर्षका लागि निलम्बन गरेको छ। साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको हो।

रुपन्देहीको देवदह निवासी खरेललाई राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ (दशौं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९-११, पोखरा, कास्कीद्वारा संशोधित) को धारा ४१ तथा धारा ४२ (क) र (ख) बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूबाट पदमुक्त गर्दै एक वर्षका लागि निलम्बन गरिएको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ।

संघको पोखरामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा स्पष्टीकरण सोधिएकोमा खरेलले “गैरजिम्मेवार र अराजक जवाफ” पठाएको, केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक राखेको, र “स्वेच्छाचारी तथा मनोमानी गतिविधि” गरेको आरोप लगाइएको छ।

खरेलमाथि १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यहरूमाथि अशिष्ट र अभद्र व्यवहार गरेको, प्रतिनिधिहरूलाई धम्काएको, र सामाजिक सञ्जालमा पार्टी नेतृत्वलाई लाञ्छना लगाउने तथा मानहानी गर्ने लगायतका गतिविधि गरेर पार्टी तथा संगठनको हितमा नकारात्मक असर पारेको आरोप पनि लगाइएको थियो। उनलाई तीन दिनभित्र भौतिकरुपमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको थियो।

खरेलले भौतिकरुपमा उपस्थित नभई इमेलमार्फत तीन पृष्ठ लामो स्पष्टीकरण दिँदै आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका थिए। उनले महाधिवेशनमा अध्यक्षमा सुमन पुरीलाई समर्थन गरेको तर कसैलाई अभद्र व्यवहार नगरेको र सामाजिक सञ्जालमा नेतृत्व परिवर्तनको कुरा उठाउनु अपराध नभएको जवाफ फर्काएका थिए।

खरेलले भने, “पार्टीलाई एकताबद्ध र बलियो बनाउन नेतृत्वको विकल्प खोज्नु कुनै अपराध होइन। म अधिवेशनबाट निर्वाचित भएको हुँ, मलाई हटाउन अर्को अधिवेशनले मात्रै सक्छ।”

उनले निलम्बनको निर्णयलाई “अन्यायपूर्ण र पूर्वाग्रहप्रेरित” भन्दै आफू संघमै क्रियाशील रहेर गतिविधि अघि बढाउने र आवश्यक परे समानान्तर कमिटी बन्न सक्ने चेतावनी दिएका छन्।

सुरज देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा हुन्। खरेलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मार्गप्रशस्त गर्नुपर्ने तर्क गर्दै सम्मानसहित पार्टी नेतृत्व परिवर्तनको कुरा सामाजिक सञ्जालमार्फत् उठाउनुलाई लोकतान्त्रिक अभ्यास भनेका छन्।

उनले केही हप्ताअघि एमाले अध्यक्ष ओलीसँग खिचेको तस्वीरसहित फेसबुकमा “पार्टीको माया छ, र पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने आशा अझै बाँकी छ। अब मार्गप्रशस्त तपाईंले गर्नुपर्छ, जनता बोलिरहेका छन्, सुन्नुहोस्” भन्ने स्टाटस लेखेका थिए।

यो पनि पढ्नुहोस्

अस्थायी शिक्षक महासंघले १५ बुँदे घोषणा पत्र जारी गर्दै सरकारसँग गर्यो न्यायको माग

अस्थायी शिक्षक महासंघले १५ बुँदे घोषणा पत्र जारी गर्दै सरकारसँग गर्यो न्यायको माग

७ सेकेन्ड अगाडि
आगामी बजेटका लागि कर छुटदेखि डिजिटल पूर्वाधारसम्मका सुझाव

आगामी बजेटका लागि कर छुटदेखि डिजिटल पूर्वाधारसम्मका सुझाव

३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशका विभिन्न स्थानमा  बदली

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

ओली र लेखक पक्राउ पुर्जीको आधार नदेखिएको जिकिर

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

२०८०/८१ को सुरुआती ७ महिनामा ८ खर्ब व्यापार घाटा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक