आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

प्रचण्ड पलायनयात्राको बाध्यतामा !

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालको समकालीन राजनीतिमा नेतृत्वको चरित्र र उद्देश्य झनझन् अस्पष्ट बन्दै गएको छ । यसको प्रत्यक्ष उदाहरण बनेका छन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उनी एक समय व्यवस्था परिवर्तनका लागि जनयुद्धको नायक थिए भने अहिले प्रतिपक्षी दलका प्रमुख नेता भए पनि सत्ता पक्षजस्ता देखिएका छन् । पछिल्लो पटक भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि उठेको विवाद र संसद् अवरोधको सन्दर्भमा उनले दिएका अभिव्यक्तिहरूले उनलाई जनताको पक्षमा होइन, सत्ताको सुरक्षामा लागेका नेताको रूपमा चित्रित गरेको छ ।

चितवनको शिवनगरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भिजिट भिसाको विषय अहिलेको मात्र नभई २०६४ सालदेखि नै चलिरहेको पुरानो समस्या भएको बताए । यसको अर्थ, वर्तमान गृह मन्त्रालयको कमजोरी वा गम्भीर बेथिति कुनै नवीन समस्या होइन, विगतका सरकारहरूकै निरन्तरता हो भन्ने सन्देश दिन खोजिएको थियो । तर यथार्थ यो हो कि अहिलेको सन्दर्भमा यो मुद्दा सत्ता गठबन्धनभित्रकै मन्त्रीको कार्यसम्पादनसँग जोडिएको छ । यस्तो अवस्थामा जनताले आशा गरेको थियो– माओवादी केन्द्रले सत्तासँग आलोचनात्मक सम्बन्ध कायम राख्दै सत्यको पक्ष लिनेछ । तर, उल्टै प्रचण्ड सत्ता जोगाउने भूमिकामा सीमित भए ।

उनले संसद् अवरोध अन्त्य गर्न ३० दिनभित्र छानबिन समिति बनाउने सहमतिमा हस्ताक्षर गरे, तर त्यसलाई पनि एक किसिमको ’राजनीतिक सम्झौता’का रूपमा व्याख्या गरे । संसद् सञ्चालन, ऐन निर्माण, बजेट पारितजस्ता कारणहरू देखाएर उनी प्रतिपक्षका जायज प्रश्नहरूलाई झिनो राजनीतिक टालटुले सहमतिमा परिणत गर्न चाहन्छन् । यस्तो व्यवहारले प्रचण्ड नेतृत्व अब सशक्त प्रतिरोध होइन, सत्तासँग मिल्ने लचिलो व्यवस्थापकमा सीमित हुँदै गएको पुष्टि गर्छ ।

प्रचण्डले आफूहरू प्रतिपक्षमा भए पनि सत्तापक्षको भूमिका निर्वाह गर्न बाध्य भएको दाबी गरे । वास्तवमा त्यो कथनले उनको नेतृत्व पलायनको दिशामा गएको प्रमाण दिन्छ । नेतृत्व सत्ताबाट होइन, दृष्टिकोणबाट बन्ने हो । तर प्रचण्डको दृष्टिकोण अहिले सत्ता साझेदारहरूलाई सहज गराउनेतर्फ केन्द्रित देखिन्छ । उनी जनताको चासोभन्दा सत्ता समीकरणप्रति बढी संवेदनशील छन् । उनी प्रतिपक्षका आवाजलाई प्रखर बनाउने होइन, मत्थर पार्ने रणनीतिमा लागेका छन् ।

राजनीतिमा एउटा यथार्थ के हो भने, नेतृत्व केवल कुर्सीले परिभाषित गर्दैन, त्यसको निर्णय, दृष्टिकोण र जवाफदेहिताले उसको उचाइ तोक्छ । जब एक नेता दोष देख्दादेख्दै पनि आलोचना होइन, समर्थनका शब्द बोल्छ, त्यो नेतृत्व जिम्मेवारीबाट भागिरहेको संकेत हो । आज प्रचण्डले जुन शैलीमा ‘सत्तापक्षको भूमिका निर्वाह गर्न बाध्य’ भएको बताए, त्यो क्रान्तिकारी नेतृत्वको होइन, सत्ता मोहको चरम उदाहरण हो ।

यो अवस्थाले प्रचण्डलाई विफलताको बाटोतर्फ डोहो¥याएको छ । यो नेपाली राजनीतिमा आदर्श र व्यवहारबीचको गहिरो अन्तरको कथा हो । प्रचण्डले जनताको पक्षमा लड्ने क्रान्तिकारी नेताबाट सत्ताको सीमित स्वार्थमा सन्तुलन खोज्ने रणनीतिक खेलाडीको रूप धारण गरिसकेका छन् । प्रचण्डको यो पलायन यात्रा जनतासँगको प्रतिबद्धता छोडेर गठबन्धनसँगको सम्झौतामा रूपान्तरण भएको देखिन्छ । अहिले उनी न प्रतिपक्षजस्तो देखिन्छन्, न त सत्ताधारीजस्तै । उनी आफ्नो भूमिकामै अन्योलग्रस्त नेता बनेका छन् । जनताले चिनेको प्रचण्ड र आज देखिएको प्रचण्डबीचको दुरी नै ‘प्रचण्डको पलायनयात्रा’ को यथार्थ हो । जनधारणा साप्ताहिक

 

 

 

 

 

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

२ घण्टा अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक