शनि, बैशाख २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

धारणा न्यूज by धारणा न्यूज
६ दिन अगाडि
Reading Time: 1 min read
0
राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ६ वटा अध्यादेश जारी गरेका छन् । शनिबार अपराह्न राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले थप तीन वटा अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा धारा ११४ को उपधारा १ लाई आधार बनाएर पछिल्ला तीन दिनमा राष्ट्रपति पौडेलले ६ वटा अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार, अन्य दुईवटा अध्यादेश भने अध्ययनकै क्रममा छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि राष्ट्रपति पौडेलको चासो छ । यसअघिका सरकारबाट पनि पटकपटक सिफारिस भएको यो अध्यादेश जारी गर्ने वा नगर्ने भन्नेबारे अन्योल भएपछि पौडेलले कानुनविद्हरूसँग पनि छलफल गरेका थिए ।

प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेर अघि बढ्ने सुझाव कानुनविद्हरूले दिए पनि यसको ठोस निष्कर्षमा भने राष्ट्रपति पौडेल पुगेका छैनन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने आजको निर्णय भएको सूचीमा छैन ।

स्रोतले भन्यो, ‘शुक्रबार र शनिबार भएका निर्णयहरूमा त्यो अध्यादेश छैन ।’

त्यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न भन्दै सिफारिस भएको अध्यादेशमाथि पनि राष्ट्रपतिले छलफल गरिरहेका छन् ।

‘संवैधानिक परिषद् र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश छलफलकै चरणमा छ,’ स्रोतले भन्यो, ‘केही नेपाल ऐनमा २५ बढी कानुन संशोधनका लागि सिफारिस भएको छ ।’

कुन कुन भए सिफारिस ?

राष्ट्रपति कार्यालयबाट पछिल्ला तीन दिनमा ६ वटा अध्यादेश जारी भएका छन् ।

राष्ट्रपति कार्यालयबाट १७ वैशाख (बिहीबार) सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको थियो ।

त्यस्तै, १८ वैशाख (शुक्रबार) सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी भएको थियो ।

आज (१९ वैशाख, शनिबार) भने एकैसाथ तीन वटा अध्यादेश जारी भएको हो । स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ शनिबार दिउँसो जारी भएको हो ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

संघीय सदनको संयुक्त बैठक सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह

१ दिन अगाडि
मन्त्रिपरिषद बैठक सुरु

मन्त्रिपरिषद बैठक सुरु

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विपिन हत्या प्रकरणमा संलग्न तीन जना पक्राउ

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

घरबाट निस्कदा माैसमकाे जानकारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले छानबिन गर्न नपाउने विषयमा सरकारसँग जवाफ माग

उत्तर कोरियाली सर्वोच्च नेता उन विशेष रेल चढेर चीन पुगे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक