बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

?????????????????????????????????????????????????????????

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकास्थित भिखारीपुर्वा–पार्वतीपुर क्षेत्रको नहरमा कत्था उद्योगबाट निस्कने फोहोर पानी विसर्जन गरिँदा स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न भएको छ ।

उद्योगले प्रशोधन नगरी सिधै नहरमा फालेको दुर्गन्धित र कालो पानीका कारण मानव स्वास्थ्य मात्र नभई पशुचौपाया र कृषि बालीमा समेत नकारात्मक असर परेको हो ।

जानकी–५ का स्थानीय शिया यादवका अनुसार राँझा नहरबाट बनिया गाउँ हुँदै इलाका प्रहरी कार्यालय खजुराखुर्द नजिकको नालासम्म बग्ने पानी अत्यन्त प्रदूषित बनेको छ । “नहरको पानी कालो र गन्हाउने भएपछि दैनिक जीवन कष्टकर बनेको छ,” यादवले भन्नुभयो, “यो पानीका कारण पशुपन्छी बिरामी पर्न थालेका छन् भने सिँचाइ गर्दा अन्नबाली समेत सप्रिन छाडेको छ ।”

जानकी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष एवं प्रवक्ता टिकानाथ यादवले यसलाई गम्भीर समस्याका रूपमा लिँदै तत्काल समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले जनस्वास्थ्यमा खेलबाड गर्ने गरी उद्योगले गरेको यस्तो कार्यलाई तत्काल नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले जनस्वास्थ्य र वातावरणसँग जोडिएको यस विषयमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले घटनाको सत्यतथ्य छानबिन गरी दोषी पाइएमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी, प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले स्थानीयबाट प्राप्त गुनासोका आधारमा अनुगमन टोली गठन गरी वास्तविक अवस्था बुझ्ने तयारी भइरहेको जानकारी दिनुभयो । वातावरणीय मापदण्ड विपरीत कार्य भएको पाइएमा सम्बन्धित उद्योगलाई नियमन र कारबाहीको दायरामा ल्याइने उहाँले स्पष्ट पार्नुभयो ।

स्थानीय बासिन्दाले भने दुर्गन्धका कारण बस्तीमा बस्न सक्ने अवस्था नरहेको भन्दै तत्काल प्रभावकारी अनुगमन गरी प्रदूषण रोक्न माग गरेका छन् ।

यो पनि पढ्नुहोस्

गम्भीर वायु प्रदूषणले जमिनमा वर्षा घट्दा  समुद्रमा वर्षा अझै तीव्र

काठमाडौं वायु प्रदूषण हुने सहरमा पहिलाे नम्बर

१ महिना अगाडि
गम्भीर वायु प्रदूषणले जमिनमा वर्षा घट्दा  समुद्रमा वर्षा अझै तीव्र

उपत्यकाकाे वायु प्रदुषण एक्युआई १९१ पुग्याे

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक