सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
क्रिकेटर सन्दीप लामिछानेको भिसालाई लिएर अमेरिकी दूतावास यस्ताे प्रतिक्रिया दिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाली टोलीका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् ।

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् । यसअघि पनि लिग–२ प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचीमा उनी पहिलो स्थानमै थिए । उनले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा यस्तो उपलब्धि हासिल गरेका हुन् । २५ वर्षीय सन्दीपले यूएईका ओपनर ब्याट्सम्यान आर्यान्श शर्मालाई आफ्नो १००औँ सिकार बनाए ।

उनले आर्यान्शलाई ३३ रनको व्यक्तिगत स्कोरमा ललित राजवंशीद्वारा क्याच गराए । घरेलु मैदानमा जारी लिग–२ शृंखलामा यसअघि सन्दीपले ओमानविरुद्ध दुई र यूएईविरुद्ध पनि दुई विकेट लिएका थिए । उनले लिग–२ प्रतियोगिताको पहिलो संस्करणमा ३१ खेलको ३० पालीमा ७२ विकेट लिएका थिए । जारी दोस्रो संस्करणमा पनि १९ खेलको १७ पालीमा २८ विकेट लिइसकेका छन् । लिग–२ प्रतियोगितामा अमेरिकाका सौरभ नेत्रवाल्करले ९३ विकेट लिएका छन् ।

उनले पहिलो संस्करणमा ५८ र जारी संस्करणमा ३५ विकेट लिएका हुन् । सन्दीपले सन् २०१८ को अगस्त १ तारिखमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । त्यसयता सन्दीपले ६९ एकदिवसीय अन्तर्राष्ट्रियको ६७ पालीमा कुल एक सय ४० विकेट लिइसकेका छन् । यो ढाँचाको क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन भने केवल ११ रन खर्चिएर ६ विकेट हो ।

यो पनि पढ्नुहोस्

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

१९ घण्टा अगाडि
कतारले  विश्वकपमा स्विट्जरल्यान्डसित बराबरी खेल्याे

कतारले  विश्वकपमा स्विट्जरल्यान्डसित बराबरी खेल्याे

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक