काठमाडौं । नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-१५ स्थित गिरूबारी खोलामा ना.७ त २९६७ नम्बरको ट्याक्टर पल्टिएर मंगलबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३६ वर्षीया यम कुमारी थनेत थारूको घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन, भरतपुर महानगरपालिका-१९ बुद्ध टोलमा ना.५ ख ८८७ नम्बरको बसले प्रदेश.३-०३-००३ प २२७५ नम्बरको स्कुटरलाई मंगलबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका-२० बस्ने १६ वर्षीय विवेक थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, वाणगंगा नगरपालिका-७ कोईली बनगाईस्थित सडकमा काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०२-००१-ख ००४४ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-६ अमौली बस्ने ४३ वर्षीय कृष्ण बहादुर थारूको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटि अस्पताल बुटवल रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।