महोत्तरी । एकडारा गाउँपालिका-५ बहेडा चोकस्थित सडकमा बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको ज.४ प ११८९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-५ बस्ने ४५ वर्षीया पवन देवी रामको गए राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको रामा मेमोरियल अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


