बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

स्वरूप र निर्वाचन प्रणालीका कारणले अस्थिरता निम्तिएको मान्यता स्थापित

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ। सभामुख देवराज घिमिरेले निर्वाचन पद्धति र शासकीय विधिका बारेमा विवेचना गरेर राजनीतिलाई स्थायित्व हुने गरी संविधान संशोधन हुनुपर्ने जिकिर गर्नुभएको छ । उहाँले निर्वाचन पद्धति र शासन प्रणालीबारे फराकिलो दायरामा बहस हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीको ‘नेपालमा निर्वाचन प्रणाली : तुलनात्मक अध्ययन’ पुस्तक सार्वजनिक गर्दै सभामुख घिमिरेले निर्वाचित जनप्रतिनिधिको भूमिका, संसद्मा खेल्नुपर्ने भूमिका, संसद्को भूमिकाप्रति सरकारको उत्तरदायित्वबारे चर्चा गर्दै निर्वाचन प्रणालीका बारेमा सुधार के गरी गर्न सकिन्छ भन्ने बहसलाई मूर्त रूप दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले शासन प्रणाली अस्थिर हुँदा र अपेक्षाकृत प्रतिफल नआउँदा जनताको नैराश्य शासकीय प्रणाली र निर्वाचन पद्धतितर्फ सोझिएको जनाउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, “उपेक्षित जाति, वर्ग, लिङ्गको प्रतिनिधित्व हुने गरी मिश्रित निर्वाचन प्रणाली अपनायौँ । अब के गर्दा शासन प्रणाली जनमुखी र प्रभावकारी बनाउन सकिन्छ, त्यतातिर बहस र विवेचना हुन जरुरी छ ।”

कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले दल र उम्मेदवारले खर्च गर्र्र्नै नपर्ने प्रणाली ल्याउनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “कानुनका जानकार र विद्वान कानुन निर्माण गर्ने थलो संसद्मा आउनु पर्छ तर उम्मेदवार बनाउन आग्रह गर्दा तयार हुन्नन् । महँगो प्रणालीले गर्दा यस्तो भएको हो । यसलाई सुधार गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानु पर्छ ।”

नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले व्यवस्था सफलताको कडीमध्ये निर्वाचन प्रणाली महत्वपूर्ण रहेकाले स्थिरताका लागि वैकल्पिक निर्वाचन प्रणालीमा जानैपर्ने जनाउनुभयो । महान्यायाधिवक्ता रमेश बडालले निर्वाचन प्रणालीलाई बदलेर अर्को अस्थिरता निम्त्याउनुभन्दा यसै प्रणालीलाई सुधार गरेर जानुपर्ने तर्क गर्नुभयो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले स्विडेन, नर्वे जस्ता राष्ट्रले समानुपातिक निर्वाचन प्रणालीलाई नै अपनाएर राजनीतिक स्थिरता पाएको तर्क गर्नुभयो । पूर्वमहान्यायाधिवक्ता दिनमणि पोखरेलले शासकीय स्वरूप र निर्वाचन प्रणालीका कारणले अस्थिरता निम्तिएको मान्यता स्थापित भएको जनाउनुभयो । पुस्तकमा विश्वमा निर्वाचन प्रणालीको इतिहास, अवलम्बन गरिएको विधिबारे विस्तृत चर्चा गरिएको छ ।

यो पनि पढ्नुहोस्

मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने

आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह

२९ मिनेट अगाडि
ओमान विरुद्ध नेपालकाे शानदार जित

ओमान विरुद्ध नेपालकाे शानदार जित

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

ओमान विरुद्ध नेपालकाे शानदार जित

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक