आइत, बैशाख ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालले पहिलो पटक आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय सिरिज खेल्ने

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
नेपालले पहिलो पटक आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय सिरिज खेल्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालले यही सेप्टेम्बरमा पहिलो पटक आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय सिरिज खेल्ने भएको छ।

नेपालका लागि यो ऐतिहासिक क्षण हुनेछ । नेपालले वेस्टइन्डिजसँग तीन खेलको टी२० अन्तर्राष्ट्रिय सिरिज शारजाहमा खेल्ने भएको छ। जसले नेपाललाई अक्टोबरमा ओमानमा हुने महत्त्वपूर्ण टी२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा सहयोग गर्ने विश्वास नेपाल क्रिकेट संघ (क्यान)ले लिएको छ ।

क्रिकेट वेस्ट इन्डिज क्रिकेट बोर्डले पनि एसियाली राष्ट्र नेपालसँगको तीन खेलको टी२० अन्तर्राष्ट्रिय सिरिजलाई ऐतिहासिक भनेको छ ।

यो सिरिज दुवै टिमबीचको पहिलो द्विपक्षीय सिरिज हो, जसले क्रिकेटको विकास र विश्वव्यापीकरण गर्ने अभियानमा महत्वपूर्ण माइलस्टोनको प्रतिनिधित्व गर्ने वेस्टइन्डिज क्रिकेट बोर्डले उल्लेख गरेको छ ।

क्रिकेट वेस्ट इन्डिजले पनि नेपालसँगको ऐतिहासिक तीन खेलको टी२० अन्तर्राष्ट्रिय सिरिजमा भाग लिने घोषणा गरेको छ।दुवै टिमबीचको पहिलो द्विपक्षीय सिरिजलाई क्रिकेटको विकास र विश्वव्यापीकरणको अभियानमा महत्वपूर्ण कोशेढुंगा भनिएको छ।
यस्ताे छ खेल तालिका (शारजाह, यूएई)

पहिलो टी२०आई – २०२५ सेप्टेम्बर २७

दोस्रो टी२०आई – २०२५ सेप्टेम्बर २८

तेस्रो टी२०आई – २०२५ सेप्टेम्बर ३०

सिरिजको आयोजन क्रिकेट संघ नेपाल (क्यान) ले गरिरहेको हो, जसले नेपाललाई यस वर्ष पछि हुने आईसीसी पुरुष टी२० विश्वकप एशिया छनोट प्रतियोगिताको तयारीमा सहयोग पुर्‍याउनेछ।

‘यो सिरिज केवल खेलहरूको श्रृंखला मात्र होइन, क्रिकेटको बढ्दो विश्वव्यापी उपस्थितिको उत्सव हो। क्रिकेटको सार — गौरव, उद्देश्य, र एकताको शक्ति — यसमा झल्किन्छ’, बोर्डले भनेको छ, ‘पूर्ण सदस्य राष्ट्रको रूपमा हाम्रो कर्तव्य हो कि हामी क्रिकेटको विकासमा योगदान दिऊँ, विशेषगरी उदीयमान राष्ट्रहरूमा। नेपाललाई ऐतिहासिक क्षणमा साथ दिन पाउनु गौरवको कुरा हो। हामी शारजाहमा रोचक र प्रतिस्पर्धात्मक क्रिकेटको अपेक्षा गर्दैछौँ।’

वेस्ट इन्डिज टिमले आफ्नो प्रतिष्ठित इतिहास र आक्रामक खेलशैली अनुसार एक बलियो टोली मैदानमा उतार्ने अपेक्षा गरिएको छ ।

जसले नेपाललाई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने विश्वास गरिएको छ । यसका साथै यो सिरिजले खेलाडी र समर्थकहरूलाई तटस्थ स्थानमा अन्तर्राष्ट्रिय क्रिकेटको आत्मा अनुभूति गराउनेछ।

वेस्ट इन्डिजले यस सिरिजको आयोजनका लागि क्रिकेट संघ नेपाल (क्यान) र इमिरेट्स क्रिकेट बोर्डलाई विशेष धन्यवाद दिएको छ। भविष्यमा पनि क्रिकेटको विश्वव्यापी पहुँच बढाउने सहयोगमा सँगै काम गर्ने अपेक्षा पनि उसले व्यक्त गरेको छ।

यो पनि पढ्नुहोस्

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

भोजपुर गोल्डकपको सम्पूर्ण तयारी पूरा

१७ घण्टा अगाडि
साफमा नेपालको सहभागिता गम्भीर संकटमा

साफमा नेपालको सहभागिता गम्भीर संकटमा

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संयुक्त राष्ट्रसङ्घको बाध्यकारी दायित्व

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक