आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

पार्टीको अध्यक्षमा ओलीलाई रोक्ने प्रयास, ७० वर्षे उमेर हद र दुई कार्यकाल लागू गरिने

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक पार्टी अध्यक्ष तयारी बन्ने थालिरहँदा उनीविरुद्ध अन्य एमाले नेताहरू खुल्न थालेका छन्। अध्यक्षका दाबेदार नेताहरूले देश दौडाहा गरेर आफू निकट नेता कार्यकर्तासँग छलफल सुरु गरेका छन् भने केही नेताले अब पार्टी अध्यक्षमा ओली नभई नयाँ नेतृत्व आउनुपर्ने बताउन थालेका छन्।

केही वर्षअगाडि लागू भएर खारेज भएको ७० वर्षे उमेर हद पुनः लगाउनुपर्ने र पार्टी अध्यक्ष २ कार्यकालको मात्र बनाउनुपर्ने माग पनि उठेको छ । ओलीलाई अहिले पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारी अहिले चुनौती बनेकी छन्। भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने प्रयासमा छिन्। त्यसैले उनी देशविदेशमा आफ्‌नो माहोल बनाउन सक्रिय छिन्। हालै जेठ ११ देखि सुरु भएको चीनको १० दिने भ्रमण सकेर फर्किएलगत्तै भण्डारी विराटनगर पुगेकी थिइन्। चीनमा उनलाई पूर्वराष्ट्रपतिभन्दा पनि एमालेकै वरिष्ठ नेता र नेपालको एक विशिष्ट नेताको रूपमा भव्य सम्मान गरिएको थियो। उनलाई नेपालमा पुनः वामपन्थी एकताका लागि पहल गर्न पनि चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले सुझाव दिएका थिए ।

भण्डारी एमालेको आगामी महाधिवेशनमा अध्यक्षको प्रमुख दाबेदार बनेर देखापरिरहँदा पार्टीमा उनी पक्षका र ओलविरुद्धका नेता कार्यकर्ता पनि खुल्दै जान थालेका छन्। अर्कोतर्फ ओली भण्डारी पक्षलाई बेलामौकामा कटाक्ष गर्न थालेका छन् भने भण्डारीले पनि त्यसको प्रतिवाद गर्दै आएकी छन्। हालै काठमाडौंमा अनेरास्ववियुको कार्यक्रममा ओलीलले पार्टीभित्र गुटबन्दीमा नलाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले भनेका थिए, ‘यहाँ अब फलाना आउने अरे, यस्तो उस्तो। पार्टीमा कुनै छलफल नै भएको छैन । को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष । अहिले महाधिवेशन घोषणै भएको छैन ।’ भण्डारीले पनि देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहन नपर्ने प्रतिक्रिया दिएकी छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफू कहिल्यै गुटबन्दी नगरेर मूलधारको राजनीति गरिरहेको बताएकी छन्। ‘म अध्यक्ष हुने कुराले अरु आकांक्षीका मनमा केही प्रश्न उठेको हुन सक्छ,’ उनले भनिन्, ‘म जुन पार्टीमा जन्में, हुर्कें र यो स्थानमा पुगें, त्योभन्दा फरक सोच्ने कुरा भएन । म अरु वामपर्न्थी र क्षेत्रीय पार्टीहरूले समेत समर्थन गरेर देशको राष्ट्रपति भएको हुँ ।’ यसबीचमा अन्य एमाले नेता पनि ओलीविरुद्ध खुल्न थालेका छन्। पार्टीको विधान महाधिवेशन नजिकिँदै जाँदा पार्टी विधान–२०४९, को धारा ६४ मा रहेको ७० वर्षे उमेर हद र एउटा कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाइने प्रावधान कायमै राख्नुपर्ने पक्षमा आवाज उठेको छ ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिकतम उमेर सीमा र कुनैपनि कार्यकारी पदमा दुईपटक मात्र बस्न पाइने व्यवस्थाको पक्षमा आफू रहेको बताएका छन्। पोखरेलको यस्तो अभिव्यक्तिले एमालेभित्र ठूलो तरंग ल्याएको छ । यस्तै, उपाध्यक्ष युवराज ज्ञवालीले पनि उमेर हद र कुनै पनि कार्यकारी पदमा लगातार दुईपटक भन्दा बढी बस्न नपाइने व्यवस्था जोगाएरै जानुपर्ने बताएका छन्। ‘पार्टीभित्र पुरानाहरूले मात्र ठाउँ ओगटिरहेका छन् भन्ने बुझाइ छ । आजको आम सामाजिक मनोविज्ञान पुरानाले ठाउ छोडुन् भन्ने देखिन्छ ।

त्यसैले ७० वर्षे उमेर हद र कुनैपनि कार्यकारी पदमा लगातार दुईपटक मात्र बस्न पाइने व्यवस्थालाई निरन्तरतलाई दिएर जानुपर्छ,’ उनले भनेका छन्। पछिल्लो समय ओलीले एमालेमा आफ्‌ना समर्थकलाई काखा र आफ्‌नो आलोचना गर्नेलाई पाखा गर्दै आएका छन्। केही नेता पार्टीबाट हटाइएका छन् भने केहीलाई स्पष्टीकरण सोधिएको छ । यस्तो कारबाहीमा पर्ने नेताको गल्ती भनेको ओलीको निर्णयको आलोचना गर्नु मात्र हो। त्यसकारण पनि पछिल्लो समय ओलीको विकल्पमा केही नेता देखाएका छन्। सोही कारण अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ‘म झोले हो’ अभियान सुरु गर्दा पनि पार्टीमा उल्लेख्य साथ पाएनन् र यो अभियान सफल साबित भएन ।

उपाध्यक्ष ज्ञवाली युवा पुस्तामा पार्टीको आकर्षण ल्याउन पनि पार्टी र सरकारको नेतृत्वमा नयाँपन आवश्यक रहेको बताउँछन्। उमेर हदका कारण पार्टीको कार्यकारी कमिटीबाट बाहिरिने ओली सहितका नेताहरूले पनि देश र पार्टीका काममा अरु माध्यमबाट योगदान गर्न सक्ने उनको तर्क छ । तर प्रधानमन्त्री केपी शर्मा ओली भने ७० वर्षीय उमेर हद फेल खाएको बताउँछन्। कीर्तिपुरमा सोमबार अनेरास्ववियुको महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू ७४ वर्ष पुगिसकेकाले ७० वर्षीय उमेरहद फेला खाएको बताए ।

‘७० वर्ष उमेर फेल खाइसक्यो। अहिले मेरो ७४ चलिराछ । अनि फेल खाएन त ?’ उनले प्रश्न गरे। उमेरले नभएर स्वास्थ्य र कार्यक्षमताले निर्धारण गर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले आफू रहे पनि नरहे पनि उमेरहद आवश्यकता नरहेकाे बताए । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

सत्ता गठबन्धन फेरिने संकेत !

सत्ता गठबन्धन फेरिने संकेत !

३ दिन अगाडि
नेपालको इतिहासकै निकृष्ट घटना

नेपालको इतिहासकै निकृष्ट घटना

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कांग्रेसद्वारा केन्द्रीय समितिको बैठक बोलाउन माग

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

नेपालले भुटानलाई ६-१ गोलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक