शनि, बैशाख ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

एमालेमा विशेष महाधिवेशन माग

सुरु भयो हस्ताक्षर अभियान, नेतृत्वको चेतावनीलाई चुनौती

धारणा न्यूज by धारणा न्यूज
१ हप्ता अगाडि
Reading Time: 1 min read
0
यी जिल्लाहरूमा एमालेकाे अधिवेशन बाँकी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा ऐतिहासिक पराजय बेहोरेको नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको माग तीव्र बन्दै गएको छ । निर्वाचन सम्पन्न भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि पार्टीले औपचारिक समीक्षा प्रक्रिया सुरु नगरेको भन्दै युवा तथा मध्यम तहका नेताहरूले विशेष महाधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर अभियान थालेका छन् । यो अभियानले पार्टीको शीर्ष नेतृत्वलाई प्रत्यक्ष चुनौती दिएको छ ।
पार्टी विधानको धारा ७३ अनुसार विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ । राष्ट्रिय महाधिवेशनका बहुमत प्रतिनिधिहरू वा जिल्ला कमिटीहरूको दुई तिहाइले माग गरेमा केन्द्रीय कमिटीले ६ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । यदि केन्द्रीय कमिटीले त्यसो नगरेमा अभियानकर्ताहरूले स्वतन्त्र रूपमा अघि बढ्न सक्ने अधिकार पनि विधानले दिएको छ । यही प्रावधानलाई टेकेर हाल केन्द्रीय परिषद् सदस्य, ११औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि तथा जनसंगठनका पदाधिकारीहरूले हस्ताक्षर संकलन अभियान सुरु गरेका हुन् ।
अभियानमा संलग्न नेताहरुले हालसम्म चार सयभन्दा बढी प्रतिनिधि र नेताहरूले विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरिसकेको दाबी गरेका छन् । अभियानमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा उपमहासचिव कमल जोशी, युवा संघ नेपालका अध्यक्ष महाराज गुरुङलगायतका युवा नेताहरू सक्रिय छन् । उनीहरूले निर्वाचनमा पार्टीले बेहोरेको लज्जास्पद पराजय, नेतृत्वको जिद्दीपूर्ण शैली, जेन–जी आन्दोलनमा भएको दमन तथा हालैका निर्णयहरूलाई मुख्य कारण ठानेका छन् । ‘निर्वाचनपछि पार्टीभित्र कुनै औपचारिक समीक्षा भएन । नेतृत्वले गम्भीर आत्मालोचना गर्नुभन्दा पनि व्यक्तिगत जिद्दी र पुरानै शैलीलाई निरन्तरता दिइरहनुभएको छ । जनताको अविश्वास बढ्दै गएको छ । यस्तो अवस्थामा विशेष महाधिवेशन नै पार्टी बचाउने र पुनर्गठन गर्ने एकमात्र विकल्प हो,’ अभियानमा संलग्न एक युवा नेताले भने ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमालेले अपेक्षित नतिजा ल्याउन सकेन । पार्टीका शीर्ष नेताहरूले ‘ऐतिहासिक जित’ को दाबी गरे पनि वास्तविकता उल्टो रह्यो । विशेष गरी युवा मतदाता र सहरी क्षेत्रमा पार्टीप्रति व्यापक असन्तुष्टि देखाप¥यो । निर्वाचन परिणामपछि पार्टीभित्र समीक्षा हुनुपर्ने माग उठेको थियो । तर, केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी बैठकहरूमा पनि गम्भीर छलफल हुन सकेन । अध्यक्ष केपी शर्मा ओली पक्राउपछि त यो विषय ठप्प छ । अभियानकर्ताहरूले भन्छन्, ‘पार्टीको नेतृत्वले जनतासँग जोडिने प्रयास गर्नुभन्दा पनि व्यक्तिगत र गुटगत स्वार्थमा केन्द्रित भयो । यसले पार्टीको संगठनात्मक संरचना कमजोर बनायो । अब नयाँ पुस्ताको नेतृत्व र नयाँ सोच आवश्यक छ ।’
हस्ताक्षर अभियान मुख्य रूपमा युवा तथा मध्यम तहबाट सुरु भएको छ । जनसंगठनका अध्यक्ष तथा पदाधिकारीहरूले पनि यसलाई साथ दिएका छन् । अभियान जुनियर तहबाट चलाउने रणनीति अपनाइएको छ ताकि शीर्ष नेतृत्वले ‘विद्रोह’ को आरोप लगाउन नसकोस् । तर, अब यो अभियान केन्द्रीय परिषद् सदस्य र महाधिवेशन प्रतिनिधिहरूमा फैलिँदै गएको छ । अभियानका एक संयोजकले भने, ‘हामीले विधानअनुसार नै काम गरिरहेका छौँ । यो कुनै व्यक्तिविरुद्धको अभियान होइन, पार्टीको भविष्य र पुनर्गठनको अभियान हो । यदि केन्द्रीय कमिटीले विशेष महाधिवेशन बोलायो भने हामी खुसी छौँ । नभए हामी अघि बढ्छौँ ।’ अभियानकर्ताहरूले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रमहरू मार्फत पनि आफ्नो मागलाई प्रचार गर्दै आएका छन् । अनेरास्ववियुका नेताहरूले विद्यार्थी तथा युवा स्तरमा छलफल चलाएका छन् । यसले पार्टीभित्रको असन्तुष्टिलाई व्यापक बनाएको छ ।
विशेष महाधिवेशनको माग र हस्ताक्षर अभियान सुरु भएपछि पार्टी शीर्ष नेतृत्वले कडा प्रतिक्रिया जनाएको छ । कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले अभियानमा संलग्न नेताहरूलाई च्यासलस्थित पार्टी कार्यालयमा बोलाएर छलफल गरे । बैठकमा अभियान तत्काल रोक्न निर्देशन दिइएको छ । महासचिव पोखरेलले अभियान रोक्न नमाने अनुशासनात्मक कारबाही गर्ने चेतावनी दिएका छन् । ‘यो अभियान पार्टीको एकता र अनुशासनविरुद्ध छ । यसलाई रोक्नुपर्छ,’ शीर्ष नेताको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले भने ।
तर, अभियानकर्ताहरूले यो चेतावनीलाई चुनौती दिएका छन् । उनीहरूले यो कुनै विद्रोह नभई विधानअनुसारको लोकतान्त्रिक अभ्यास हो भएको र नेतृत्वले दबाब दिए पार्टी आम कार्यकर्तामाझ जाने जनाएका छन् । यो घटनाक्रमले एमाले भित्रको आन्तरिक द्वन्द्वलाई सार्वजनिक रूपमा ल्याएको छ । केही नेताहरूले ओलीको नेतृत्वलाई ‘साम्राज्यवादी शैली’ को आरोप लगाएका छन् । उनीहरूका अनुसार ओलीले पार्टीमा एकल निर्णय प्रक्रिया अपनाएको र युवा नेतृत्वलाई अवसर नदिएको आरोप छ ।
विशेष महाधिवेशन भएमा पार्टीको नेतृत्व परिवर्तन हुन सक्ने सम्भावना छ । युवा पुस्ताले सुहाङ नेम्वाङ, महाराज गुरुङलगायतका नेताहरूलाई अगाडि सार्न सक्ने चर्चा छ । तर, ओली पक्षको केन्द्रीय कमिटीमा बहुमत रहेकोले विशेष महाधिवेशन रोक्ने प्रयास हुन सक्छ । पार्टी विधानअनुसार यदि बहुमत प्रतिनिधिले माग गरेमा केन्द्रीय कमिटी बाध्य हुन्छ । तर, व्यावहारिक रूपमा हस्ताक्षर संकलन र प्रमाणीकरणमा चुनौती हुन सक्छ । यो आन्तरिक द्वन्द्वले पार्टीको संगठनात्मक एकतालाई प्रभावित पार्न सक्छ । निर्वाचन पराजयपछि नै पार्टी कमजोर बनेको अवस्थामा थप विभाजनले एमालेलाई ठूलो क्षति पु¥याउन सक्ने आशंका छ । एमालेका पुराना नेताहरूले पनि अनौपचारिक रुपमा विशेष महाधिवेशनको पक्षमा धारणा राख्दै आएका छन् । उनीहरूले पार्टीको वैचारिक तथा संगठनात्मक पुनर्गठन आवश्यक रहेको बताएका छन् । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

नेताहरुको सम्पत्ति छानबिन सुरु

नेताहरुको सम्पत्ति छानबिन सुरु

२ हप्ता अगाडि
कांग्रेसमा नयाँ कसरत सुरु

कांग्रेसमा नयाँ कसरत सुरु

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संयुक्त राष्ट्रसङ्घको बाध्यकारी दायित्व

कटुवा पेस्तोल सहित एक जना पक्राउ

नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री

शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक