मङ्ल, असार १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सत्यम्’ बाट स्याङ्जाको समाजसम्म – लक्ष्मण वियोगीको कथा यात्रा

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
Reading Time: 1 min read
0
सत्यम्’ बाट स्याङ्जाको समाजसम्म – लक्ष्मण वियोगीको कथा यात्रा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

 

काठमाडौं । पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीको पहिलो कथासङ्ग्रह ‘सत्यम्’ सार्वजनिक गरिएको छ। पेज टर्नर प्रालिको प्रकाशनमा आएको यो कृति जेठ २४ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा एक समारोहबीच लोकार्पण गर्न लागिएको हो ।

दुई दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय वियोगीले यस कृतिमा मुख्यतः पश्चिम नेपाल, विशेषतः स्याङ्जा जिल्लाको भाषा, संस्कृति, जीवनशैली तथा माओवादी जनयुद्धको सन्दर्भ समेटिएका विविध सामाजिक आयामहरू प्रस्तुत गरेका छन्।

पेज टर्नरका कार्यकारी निर्देशक जयराम तिमल्सिनाका अनुसार ‘सत्यम्’ मा समावेश कथाहरू यथार्थवादी धारा प्रतिनिधित्व गर्छन्। सामाजिक विभेद, असमानता, युद्धका पीडा तथा लोकसंस्कृतिको सजीव चित्रण कथाहरूको विशेषता हो। बाल्यकालका सम्झनामा मिसिएका लोकभाकाको स्पर्श र पहाडी जनजीवनको सुगन्ध कथाहरूमा झल्किन्छ।

वियोगीले यसअघि नेपाल समाचारपत्र, नागरिक दैनिक लगायतका विभिन्न पत्र–पत्रिकामा कार्य अनुभव सँगालेका छन्। हाल उनी ऊर्जा क्षेत्रमा केन्द्रित अनलाइन तथा अर्धवार्षिक पत्रिका ‘ऊर्जा खबर’ का सम्पादकका रूपमा कार्यरत छन्।

कथा र निबन्ध विधामा विशेष रुचि राख्ने वियोगीको साहित्यिक योगदान उल्लेखनीय छ। ‘कोरोनाको कर्खा’ शीर्षक निबन्धले ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’ मा प्रथम स्थान हासिल गरेपछि उनले लेखनमा छुट्टै पहिचान बनाएका छन्। यस्तै, ‘डिसहोम–बाह्रखरी’ राष्ट्रव्यापी कथा प्रतियोगितामा उनको कथा ‘टाउको’ दोस्रो स्थानमा परेको थियो। उनले रचना गरेका करिब दर्जनजति आधुनिक तथा लोक–आधुनिक गीतहरू पनि रेकर्ड भइसकेका छन्।

‘सत्यम्’ कथासङ्ग्रह वियोगीको कथा लेखन यात्राको नयाँ अध्यायको रूपमा रहेको छ, जसले समकालीन नेपाली समाजको विविधता, विडम्बना र सुन्दरतालाई साहित्यिक स्वर दिइरहेको छ।

यो पनि पढ्नुहोस्

कवि वैरागी काइँलालाई ६ लाख राशिको पुरस्कार प्रदान गरिने

कवि वैरागी काइँलालाई ६ लाख राशिको पुरस्कार प्रदान गरिने

१ हप्ता अगाडि
यस वर्षको ‘बुकर’ पुरस्कार एवम्सा माजिक बानु मुस्ताकलाई

यस वर्षको ‘बुकर’ पुरस्कार एवम्सा माजिक बानु मुस्ताकलाई

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

ट्रम्पको युद्धविराम सम्झौता स्वीकार

कोरोना संक्रमित महिलाको निधन

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक