बुध, अशोज ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मदन भण्डारी राजमार्गको सडकमा कालोपत्रे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
मदन भण्डारी राजमार्गको सडकमा कालोपत्रे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रेसुङ्गा। गुल्मीमा मदन भण्डारी राजमार्गको पहिलो खण्डअन्तर्गत आठ किलोमिटर सडक कालोपत्रे भएको छ । रिडी–तम्घास खण्डको रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रे सुरु गरिएको हो ।

मदन भण्डारी राजमार्ग अहिले दुई खण्डमा ४१ किलोमिटर सडक स्तरोन्नती र कालोपत्रेको काम हुँदैछन् । मदनभण्डारी राजमार्गअन्तर्गत जिल्लाको रुरु क्षेत्र र छत्रकोट गाउँपालिका तथा मदाने गाउँपालिका क्षेत्रमा सडक निर्माणको काम धमाधम भइरहेको छ । समान्तर एलाईट जेभीका इन्जिीनियर राकेश कुमार पाश्वानले अप्ठ्याराहरु धेरै भए पनि कामको तीव्रता नरोकिएको जनाउनुभयो । वर्षात र जग्गाका समस्याहरुकाबिच सबै निकायको समन्वयमा सम्झौताभित्रै काम सक्ने गरी अगाडि बढेको पाश्वानको भनाइ छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका अनुसार पहिलो खण्ड रिडी–तम्घासअन्तर्गत रुरु क्षेत्र गाउँपालिकाको रिडीदेखि छत्रकोट गाउँपालिको भेडुकासम्मको २५ किलोमिटर सडक पर्छ । यो खण्डको ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगती भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीको सूचना अधिकारी इन्जिनीयर हुमानाथ पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार पहिलो खण्डमा करिव १९ किलोमिटर कालोपत्रे र ढलानको काम हुनेछ । बलेटक्सार, विरबास र पानी ट्याङ्की बजार क्षेत्रमा केही ठाउँ बाहेकका स्थानमा काम हुने जनाउनुभयो । पहिलो खण्डपछिको १७ सय मिटरको कामको पनि प्रक्रिया अगाडि बढेको पौडेलले जनाउनुभयो । २०७९ फागुन २६ मा समानन्तर–एलाइट जेभीले एक अर्ब ५० करोडको लागतमा सडक कालोपत्रेको सम्झौता गरेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय गुल्मीको सूचना अधिकारी इन्जिनीयर हुमानाथ पौडेलले जानकारी दिनुभयो ।

यो खण्डको काम २०८२ फागुन २६ मा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार कटिङ, नाली, स्टकचर, ग्राभेल र कालोपत्रे गरिनेछ । कालोपत्रे सुरु भएपछि सडक निर्माणका कारण सहज यात्रा गर्न नपाएका स्थानीयदेखि काममा सहजीकरण गरिरहेका स्थानीय सरकारलाई समेत खुसी मिलेको छ ।

यता गुल्मी पश्चिमको सिमलटारीदेखि प्युठानको मच्छिसम्मको ३१.८ किलोमिटर सडक मध्ये सौतामारेसम्मको १६ किलोमिटरको काम भने अलपत्र परेको छ । यो सडक निर्माणको लागि श्रेष्ठ सक्षम जेभीले ०७९ कात्तिक ६ गतेदेखि सम्झौता गरेको मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ । सूचना अधिकारी पौडेलका अनुसार एक अर्ब ४५ करोड ३२ लाख ९९ हजार नौ सय रुपियाँमा सडक निर्माणको सम्झौता भएपनि अहिलेसम्म २६ प्रतिशत भौतिक र २२.२० प्रतिशत बित्तिय प्रगती भएको छ । काम अलपत्र पारेर जोखिम बढेपछि स्थानीय आक्रोशित छन् । कामको प्रगती नदेखिएपछि बैंक ग्यारेण्टी तान्ने तयारी भइरहेको पौडेलले जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

१० घण्टा अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

प्रधानमन्त्रीले अमेरिका भ्रमणमा जानेक्रममा विदाईको परम्परा तोड्ने

एमालेको बैठक सुरु

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

चलचित्र विकास बोर्डको अध्यक्ष छनोटमा तीन सदस्यीय समिति गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक