मङ्ल, भदौ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गोलीबारीमा ३१ जना प्यालेस्टिनीको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
गोलीबारीमा ३१ जना प्यालेस्टिनीको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक आइतवार बिहान इजरायली सेनाले चलाएको गोलीबारीमा कम्तीमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य प्राधिकरणले जनाएको छ ।

घटनाबारे विवरण दिँदै मेडिकल रिलिफ अर्गनाइजेसन गाजाका निर्देशक मोहम्मद अबु अफाशले भने,“अधिकांश घाइतेहरू शरीरको माथिल्लो भागमा चोटपटक भई गम्भीर अवस्थामा छन्, जसका कारण मृतक सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ ।” उनले क्षेत्रमै जारी सैन्य गतिविधिका कारण एम्बुलेन्सहरूलाई घटनास्थलमा पुग्न कठिन भइरहेको जनाए ।

प्रत्यक्षदर्शीहरूका अनुसार, बिहानैदेखि हजारौं मानिस उक्त सहायता केन्द्रमा खाद्य तथा अन्य सहयोग सामग्री प्राप्त गर्न जम्मा भएका थिए, यत्तिकैमा अचानक गोलीबारी र विस्फोटहरू सुरु भएको थियो ।

गाजास्थित हमास नियन्त्रित सरकारी सञ्चार कार्यालयले घटनाप्रति प्रतिक्रिया दिँदै यसलाई सहायता वितरण केन्द्रहरूमा पुनःपुनः लक्षित आक्रमण हुने क्रमको एक भाग भएको बताएको छ । यस कार्यालयका अनुसार, उक्त सहायता केन्द्र एक अमेरिकी इजरायली कम्पनीको समन्वयमा र इजरायली सेनाको निगरानीमा सञ्चालनमा थियो ।

यता, इजरायली रक्षा बल (आइडीएफ) ले आइतवार एक विज्ञप्ति जारी गर्दै मानवीय सहायता वितरणस्थलमा आफ्ना गोलीबाट घाइते भएकोबारे जानकारी नभएको उल्लेख गरेको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । इजरायली सञ्चारमाध्यमहरूले इजरायली सेनाको उपस्थितिको उद्देश्य ‘आतङ्ककारी तत्व’ विरुद्ध लक्षित कारबाही रहेको बताएका छन् ।
यसबीच, इजरायलले मार्च २ तारिखदेखि गाजातर्फ जाने सीमाहरू बन्द गर्दै मानवीय सहयोगको आपूर्ति कटौती गरेको थियो । मे २२ देखि सीमित मात्रामा सहायता पुनः प्रवेश गर्न दिइएको छ ।

मार्च १८ मा हमाससँग दुई महिनाको युद्धविराम टुटेपछि इजरायलले गाजामा पुनः आक्रमण सुरु गरेको थियो । त्यसयता गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार, आइतवारसम्म कुल चार हजार १४९ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने १२ हजार १४९ जना घाइते भएका छन् ।

यो पनि पढ्नुहोस्

‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी

‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी

२१ घण्टा अगाडि
इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

आज भारी वर्षाको सम्भावना

सप्त ऋषिको पूजा आराधना गरी मनाइदै ऋषि पञ्चमी

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन  : कांग्रेस सभापति थापा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक