बारा, । जीतपुरसिमरा उपमहानगरपालिका-२३ स्थित सडकमा बा.प्र.०२-०३९ प १०८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा चालक काठमाडौं महानगरपालिका-३ स्वयम्भू बस्ने ३५ वर्षीय उमेश लामाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


