मङ्ल, अशोज ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रमेश चौधरीलाई जेलमा राख्न भनि सर्वोच्चबाट जारी भएको पत्र बदर हुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
रेशम चौधरीको मुद्दा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रमेश चौधरीलाई जेलमा राख्न भनि सर्वोच्च अदालतका शाखा अधिकृतबाट जारी भएको पत्र बदर हुने भएको छ।

शाखा अधिकृत महिमानसिंह विष्टले बुधबार नै कारागार कार्यालय डिल्ली बजारलाई सम्बोधन गर्दै पठाएको पत्रको आधारमा चौधरीलाई पार्टी एकता कार्यक्रमबाटै प्रहरी पक्राउ गरेको थियो।

शाखा अधिकृत विष्टले चौधरीलाई टिकापुर घटनामा आममाफी दिने सरकारी निर्णयविरुद्ध परेको रिटको सुनुवाइ पछि टुंगो लाग्ने हुँदा रिगल ढकालको आममाफी विरुद्ध भएको फैसलाको आधारमा रेमशमलाई जेलमा पठाउन पत्राचार गरेका थिए।

पत्रको वैधानिकताबारे सर्वोच्च प्रशासनमा खोजिनिती हुँदा शाखा अधिकृत विष्टले आफू खुशी पत्राचार गरेको पाइएपछि सर्वोच्च प्रशासनले त्यसलाई बदर गर्दै चौधरीलाई रिहा गर्न अर्को पत्र पठाइएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। उनले विष्टबाट जारी भएको पत्र अवैधानिक भएको जानकारी दिए।

सहसचिव कुइँकेलले डिल्लीबजार कारागारलाई लेखेको पत्रमा उल्लेख गरिएको छ, ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई ब.नं.११।२७७, मिती २०८२।१।१७ मा कैदमा राख पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय हिसारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पष बमोजिम कैलाली जिल्ला साविक दुगौली गा।वि।स। वडा न।८ हाल जानकी गाँउपालिका वडा नं।६ घर भएका लालबिर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद÷थुनामुक्त गरिदिनुहुन अनुरोध छ।’

२०७२ असोजमा टिकापुरमा भएको घटनामा रेशम चौधरी नेतृत्वको आन्दोलनकारीले आठ जना सुरक्षाकर्मीसहित जना नाबालकको हत्या गरेको थियो।

उक्त हत्याको विषयमा परेको मुद्दामा कैलाली जिल्ला अदालतले रेशमसहित अधिकांश प्रतिवादीलाई दोषी ठहर गरेको थियो। मुद्दामा उच्च अदालत हुँदै सर्वोच्च अदाललते पनि २०८० जेठ २ गते फैसला सदर गरेको थियो।

त्यसै बेला तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले २०८० जेठ १५ गतेको गणतन्त्र दिवसको अवसरमा आम माफी दिएका थिए।

उक्त आममाफीविरुद्ध टीकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायत बोहराले लगत्तै सर्वोच्चमा रिट दायर गरेकी थिइन्। पछिल्लोपटक २०८० माघ २७ गते न्यायाधीश हरिप्रसाद फुयाल र विनोद शर्माको इजलासमा पेशी परे पनि हेर्न नभ्याइनेमा परेको थियो। उक्त रिटको अर्को सुनुवाइका लागि पेशी आउँदो असार १० गतेका लागि तोकिएको छ।

सर्वोच्चका प्रवक्ता कुइँकेलले अनधिकृत पत्र लेख्ने अधिकारीमाथि कारबाही सुरु भएको जानकारी दिए। उनले भने, ‘अनधिकृत रुपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रकृया शुरु गरिएको बेहोरा सबैमा जानकारीको लागि अनुरोध छ।’ उनलाई काठमाडौं प्रहरी परिसरमा राखिएको प्रवक्ता अपिलराज बोहराले जानकारी गराए।

यो पनि पढ्नुहोस्

ग्रिन आर्मीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

१ हप्ता अगाडि
अदालतमा दर्ता भएका रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने

चेक बाउन्समा ५ वर्षकै हदम्याद कायम रहने फैसला

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली महिला भलिबल टिम हङकङसँग पराजित

एमालेको बैठक सुरु

प्रधानमन्त्रीले अमेरिका भ्रमणमा जानेक्रममा विदाईको परम्परा तोड्ने

चलचित्र विकास बोर्डको अध्यक्ष छनोटमा तीन सदस्यीय समिति गठन

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक