शनि, भदौ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ग्रिन आर्मीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

धारणा न्यूज by धारणा न्यूज
७ घण्टा अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । रसुवागढीको बाढीपछि प्रभावितहरुको उद्धार तथा राहतमा खटिएको ग्रिन आर्मीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।  ग्रिन आर्मीले नेपाली सेनाको झै मिल्दोजुल्दो पोशाक, दर्जा र चिन्ह प्रयोग गरेकाले त्यसलाई रोक्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।

अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानुनविपरीत गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न प्रयोग गरेको दाबी गरेका छन् ।

उनीहरुले ग्रिन आर्मीको दर्ता खारेजीको माग राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद्, काठमाडौं जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पनि विपक्षी बनाएका छन् ।

शुक्रबार दायर भएको रिटको पहिलो पेसी आगामी सोमबार तोकिएको छ ।

रिट निवेदकहरूले ‘ग्रिन आर्मी नेपाल’लाई सामान्य गैरसरकारी संस्थाका रूपमा मात्र हेर्न नमिल्ने जिकिर गरेका छन् । निवेदनअनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा उक्त संस्था ‘ग्रिन आर्मी नेपाल’ नाममा दर्ता भएको छ । संस्थाले वातावरण संरक्षण, युवा नेतृत्व, सामाजिक सेवा तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्ने उद्देश्य राखेको आफ्नो सार्वजनिक विवरणमा उल्लेख गरेको छ ।

तर संस्थाले आफूलाई ‘मिलिटरी इन्स्पायर्ड’ संरचना भएको युवा संगठनका रूपमा प्रस्तुत गरेको, सदस्यहरूलाई ‘क्याडेट’, ‘ब्रिगेडियर’, ‘मार्सल’ र ‘चिफ मार्सल’ जस्ता सैनिक प्रकृतिका दर्जामा विभाजन गरेको तथा वेबसाइटमा ‘चिफ मार्सलरचेयरपर्सन’ र ‘क्याडेट’जस्ता पदनाम प्रयोग गरेको रिटमा उल्लेख छ ।

त्यसैगरी, संस्थाले ‘आर्मी’ शब्द प्रयोग गर्नुका साथै सैनिक शैलीको संरचना, सैन्य पदनाम, पोसाक, दर्ज्यानी चिह्न, बुट तथा रेडियो सेटलगायतका सामग्री प्रयोग गर्ने गरेको निवेदकहरूको दाबी छ ।

यसबाट सर्वसाधारणमा उक्त संस्था नेपाली सेना वा राज्यका अन्य सुरक्षा निकायसँग सम्बन्धित संगठन भएको भ्रम सिर्जना हुन सक्ने रिटमा दाबी गरिएको छ ।

रिटमा हालैको विपद्मा ‘ग्रिन आर्मी नेपाल’का सदस्यहरू नेपाली सेनासँग मिल्दोजुल्दो सैनिक शैलीको पोसाक र दर्ज्यानी चिह्नसहित उद्धार तथा राहतमा खटिएको दृश्य सञ्चार माध्यममार्फत सार्वजनिक भएकोले त्यो आपत्तिजनक रहेको उल्लेख गरिएको छ ।

यस घटनाले गैरसरकारी संस्थाको सैनिक प्रकृतिको पहिचान र राज्यका सुरक्षा निकायबीचको सीमाबारे गम्भीर प्रश्न उठाएको निवेदकहरूको जिकिर छ ।

निवेदकहरूले यस्तो दृश्यले नागरिकमा सुरक्षा निकायसम्बन्धी भ्रम सिर्जना गर्नुका साथै नेपालको राष्ट्रिय सुरक्षा, नागरिक पहिचान र राज्यका सुरक्षा संस्थाको विशिष्ट संस्थागत पहिचानमाथि समेत असर पार्न सक्ने तर्क गरेका छन् ।

रिटअनुसार, नेपालको संविधानले राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई संवेदनशील विषयका रूपमा ग्रहण गरेको छ । नेपाली सेना राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि एक संगठनका रूपमा रहने संवैधानिक व्यवस्था रहेको छ । संविधानको धारा २६७ ले राष्ट्रिय सुरक्षासँग सम्बन्धित नेपाली सेनाको संवैधानिक भूमिकालाई स्पष्ट गरेको छ ।

त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी संवैधानिक एवं कानुनी व्यवस्थालाई समेत आधार बनाउँदै निवेदकहरूले राज्यका सुरक्षा निकायबाहेक अन्य कुनै गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना बनाएर सुरक्षा निकायजस्तो देखिने गरी सञ्चालन हुनु कानुन तथा संवैधानविपरीत रहेको जिकिर गरेका छन् ।

रिटमा तीनवटा सरकारी सुरक्षा निकायबाहेक अन्य संस्था वा समूहले सैनिक शैलीको पोसाक, दर्जा र दर्ज्यानी चिह्न प्रयोग गर्दा राज्यको संस्थागत पहिचान कमजोर हुने तथा नागरिकमा भ्रम पैदा हुने खतरा रहेको उल्लेख छ ।

रिटमा ‘ग्रिन आर्मी नेपाल’लाई सैनिक प्रकृतिको पोसाक प्रयोग गर्न विभिन्न सरकारी निकायबाट दिइएको भनिएको अनुमति तथा सहमतिमाथि समेत प्रश्न उठाइएको छ ।

निवेदकहरूको दाबीअनुसार गृह मन्त्रालय, रक्षा मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट उक्त संस्थालाई सैनिक प्रकृतिको पोसाक प्रयोग गर्न अनुमति वा सहमति दिइएको थियो । रक्षा मन्त्रालयले उक्त पोसाक नेपाली सेना तथा अन्य सुरक्षा निकायले प्रयोग गर्ने पोसाकसँग नमिल्ने भन्ने आधारमा सकारात्मक राय दिएको भए पनि व्यवहारमा उक्त संस्थाले प्रयोग गरेको पोसाक, सैनिक शैलीको संरचना, दर्जा तथा सञ्चालनले सर्वसाधारणमा सुरक्षा निकायसँग सम्बन्धित रहेको भ्रम सिर्जना गरेको रिटमा दाबी छ ।

निवेदकहरूले सरकारी निकायले दिएको यस्तो अनुमति संविधान तथा प्रचलित कानुनसँग बाझिएकोले अदालतबाट बदर हुनुपर्ने माग गरेका छन् । कम्पनी रजिस्ट्रारको कार्यालयले पनि ‘ग्रिन आर्मी नेपाल’ नाममा कम्पनी दर्ता तथा नवीकरण गर्दा सार्वजनिक हित र कानुनी मापदण्डको पर्याप्त परीक्षण नगरेको आरोप लगाइएको छ ।

कम्पनी ऐन, २०६३ को व्यवस्थाअनुसार सार्वजनिक हितविपरीत वा भ्रम सिर्जना गर्ने नाम तथा उद्देश्य भएको कम्पनीको दर्ता रोक्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै उक्त कम्पनीको नाम, उद्देश्य र गतिविधिबारे पुनरवलोकन गर्नुपर्ने माग रिट निवेदकको छ ।

रिट निवेदकहरूले सरकारी निकायबाट अनुमति पाएको मात्र आधारमा संविधान वा कानुनविपरीतको कार्य वैध हुन नसक्ने तर्कसमेत अघि सार्दै उक्त कम्पनीको दर्ता तथा सञ्चालनका लागि सम्बन्धित सरकारी निकायबाट भएका निर्णय, राय तथा स्वीकृतिसहित त्यसका आधारमा जारी गरिएका अनुमति बदर गर्न माग गरेका छन् ।

साथै भविष्यमा कुनै पनि गैरसरकारी संस्था वा स्थानीय निकायले सुरक्षा निकायको पोसाकसँग मिल्ने पोसाक, दर्ज्यानी चिह्न वा सैन्य पदनाम प्रयोग गर्न नपाउने गरी स्पष्ट कानुनी तथा प्रशासनिक मापदण्ड बनाउनसमेत माग रिटमा गरिएको छ ।

यो पनि पढ्नुहोस्

अदालतमा दर्ता भएका रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने

चेक बाउन्समा ५ वर्षकै हदम्याद कायम रहने फैसला

३ हप्ता अगाडि
पत्रकार किशोर श्रेष्ठलाई मार्ने धम्कीप्रति कारबाहीको माग

किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

नेवाः स्यनामि दबूको विदाई कार्यक्रम

जामिया सिराजुलद्वारा बाढीपीडितका लागि २ लाख ७४ हजार सहयोग

तीज, लैङिङ्क विभेद र केही अनुउत्तरित प्रश्नहरु         

सम्पूर्ण सरकारी जग्गा सरकारको नाममा कायम गरिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक