शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निराशालाई चिर्ने प्रयासमा नयाँ अभ्यास

एकीकृत समाजवादीका समाजवादी प्रस्ताव, ६ हजारलाई पठाइयो इमेल

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
निराशालाई चिर्ने प्रयासमा नयाँ अभ्यास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एकीकृत समाजवादीले हालै ६ हजारभन्दा बढी कार्यकर्ता, समर्थक र वैचारिक रूपमा निकट व्यक्तिहरूलाई एक विशेष मेल पठाएको छ । यो मेल पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र कम्युनिस्ट आन्दोलनको पुनर्संरचनासम्बन्धी सन्देश बोकेको छ । यस पहलले पार्टीको सांगठनिक पुनर्जागरण र कम्युनिस्ट आन्दोलनको एकता प्रयासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।
एसका महासचिव घनश्याम भुसालले सुशासन र रोजगारीमा केन्द्रित रहेर सुझाव माग्दै ६ हजारलाई इमेल पठाएका हुन् । पछिल्लो समय वामपन्थी दलहरु नै सर्वसाधारण, श्रमजीवीका मुद्दाबाट विमुख भइरहेका बेला एसको यो कदमले भने प्रशंसा पाएको छ ।

मेलमा पार्टीले हालै सम्पन्न महाधिवेशनबाट पारित कार्ययोजनाको सार प्रस्तुत गरिएको छ । यसमा ‘पार्टी गाउँका जनतासँग’ भन्ने अभियानमार्फत संगठनलाई जनस्तरसम्म विस्तार गर्ने, वैचारिक बहसलाई सशक्त बनाउने, र समान राजनीतिक दृष्टिकोण भएका समूहहरूसँग कार्यगत एकता गर्ने योजना उल्लेख गरिएको छ । पार्टीले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्तको रूपमा स्वीकार गर्दै, २१औँ शताब्दीको समाजवादी कार्यक्रमलाई परिमार्जन गर्ने प्रस्ताव गरेको छ ।

‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नाराका साथ सार्वजनिक राजनीतिक प्रस्तावमा एसले विगत ७५ वर्षको राजनीतिक यात्रा, आर्थिक निर्भरता, कुशासन र बेरोजगारीका कारण नेपाली जनताको जीवनमा परेको असरलाई समेटिएको छ । यो दस्तावेजले वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थाको आलोचना गर्दै वैकल्पिक विकास मोडलको खाका प्रस्तुत गर्छ ।

प्रस्ताव अनुसार, नेपालले इतिहासमा राजनीतिक परिवर्तन त अनुभव ग¥यो, तर ती परिवर्तनहरू जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन असफल रहे । राज्य व्यवस्थाको अक्षमता, दलाल पुँजीवादको हाबी र नवउदारवादी नीतिहरूले नेपालको आर्थिक आत्मनिर्भरतामा बाधा पु¥याएको उल्लेख छ । कृषिमा आत्मनिर्भरताको अभाव, औद्योगीकरणको सुस्त गति, शिक्षाको असमानता, स्वास्थ्य सेवामा निजीकरणको प्रभाव, र भ्रष्टाचारले नेपाली समाजमा असन्तोष बढाएको भनिएको छ ।

प्रस्तावले दसवटा प्रमुख क्षेत्रलाई केन्द्रमा राखेर सुधार र विकासका एजेन्डा अघि सारेको छ । कृषिमा आत्मनिर्भरता कायम गर्न बीउ, मल, सिँचाइ, अनुदान, बजारको ग्यारेन्टी र सहकारी प्रणालीमार्फत संरचना विकास । उद्योगमा श्रम र स्रोतको सदुपयोग गर्दै, राज्यद्वारा संरक्षित औद्योगीकरण तथा गैरआवासीय नेपालीको पूँजी उपयोग । पर्यटनमा भौगोलिक र सांस्कृतिक विविधताको उपयोग गर्दै, १० लाख रोजगार सिर्जना गर्ने लक्ष्य । पूर्वाधारमा यातायात, ऊर्जा, सञ्चार र खानेपानीमा राज्यको लगानीद्वारा दीर्घकालीन रोजगारी र विकास । शिक्षामा सर्वसुलभ, गुणस्तरीय र प्राविधिक शिक्षाको सुनिश्चितता, डिजिटल प्रविधिको समावेशीकरण । स्वास्थ्यमा सार्वजनिकीकरण, आधारभूत सेवा विस्तार, बीमा र स्थानीय तहमा आपतकालीन सेवा । सुशासनमा सम्पत्ति छानबिन आयोग, पारदर्शिता, जवाफदेहिता र कानूनी राज्य । विदेश नीतिमा असंलग्नता, समानता र स्वाभिमानमा आधारित सक्रिय कूटनीति । संविधान कार्यान्वयनमा समीक्षा गरी आवश्यक संशोधन । राष्ट्रिय सम्मेलनअन्तर्गत रोजगारी र सुशासनलाई मूल एजेन्डा बनाएर सर्वपक्षीय संवाद ।

पार्टीले ‘राष्ट्रिय संवाद आन्दोलन’ सुरु गरेको र यो आन्दोलन चुनावी गणितभन्दा पर गई समाजवाद उन्मुख आर्थिक पुनर्संरचनाको अभियान भएको बताएको छ । सबै प्रगतिशील, न्यायप्रेमी नेपालीलाई सशक्त भागीदारी र सुझावका लागि आमन्त्रित गरिएको छ ।

पार्टीले हालैको स्थायी कमिटी बैठकमा अन्य कम्युनिष्ट पार्टीहरूसँग तत्काल एकता नगर्ने निर्णय गरेको छ । कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म एकता सम्भव नहुने निष्कर्ष निकालिएको छ । यसका साथै, पार्टीले आगामी निर्वाचनमा देशभरि उम्मेदवार खडा गर्ने र संगठन सुदृढीकरण गर्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादीले पठाएको यो विशेष मेल पार्टीको सांगठनिक पुनर्जागरण र कम्युनिस्ट आन्दोलनको एकता प्रयासमा महत्वपूर्ण कदम हो । यसले कार्यकर्ताहरूलाई सक्रिय बनाउने, वैचारिक बहसलाई सशक्त बनाउने, र समान विचारधारा भएका समूहहरूसँग सहकार्य गर्ने दिशामा पार्टीलाई अग्रसर गराउने अपेक्षा गरिएको छ । यदि यी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन भएमा, नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ ऊर्जा थपिने सम्भावना प्रबल देखिन्छ ।

यो पनि पढ्नुहोस्

सर्लाहीको चार स्थानीय तहले अझै ल्याएनन् बजेट  

जनतालाई निराश बनाउने बजेटको तयारी

२ दिन अगाडि
प्रचण्डलाई घेर्दै ओली र देउवा !

प्रचण्डलाई घेर्दै ओली र देउवा !

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

सर्वोच्चमा गृहमन्त्री लेखकको बर्खास्तीको माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक