शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लागुऔषध गाँजा सहित ५ जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
लागुऔषध गाँजा सहित ५ जना  पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रौतहट । बारा जिल्लाको बिभिन्न स्थानमा प्रहरी गस्ती टोलीले ट्रक, र साढेतीन क्विन्टल लागुऔषध गाँजा सहित ५ जना तस्कर लाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा सञ्चालन गरिएको लागूऔषध नियन्त्रण अभियान अन्तर्गत चेकजाँचको क्रममा प्रहरीले ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जना तस्करलाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा गएराति पौने १२ बजे इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप महानगरपालिका–३ बजन स्थित हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गरेको थियो।

चेकजाँचमा ट्रक भित्र लुकाई छिपाई लगी रहेको लागू औषध गाँजा ३०५ किलो (१९ पोका) बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जनाएका छन्।

लागू औषध गाँजा बरामद गरी ट्रक सहित ओसारपसार कार्यमा संलग्न रहेका ट्रक चालक  मकवानपुर कैलास गाँउपालिका– ४ बस्ने वर्ष ३२ को राजन लामा, ट्रकमा सवार हेटौँडा उपमहा नगरपालिका–३ बस्ने वर्ष ३३ को ईश्वर लोप्चन र ओसार पसारमा संलग्न कैलास गाउँपालिका–१० बस्ने वर्ष २७ को जीवन ठोकर पक्राउ गरिएको प्रवक्ता पण्डितले जानकारी गराए ।  ।

त्यसै गरी विशेष सूचनाको आधारमा बिहीवार इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले  प्रसौनी गाउँपालिका ४ खुटवा बस्ने वर्ष ३१ को पवन कुमार साहले आफ्नै घरमा बिक्री वितरण गर्ने र लुकाई छिपाई राखेको लागू औषध गाँजा २ किलो १४० ग्राम बरामद गरी पवनकुमार साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

त्यस्तै विशेष सूचनाको आधारमा आज बिहान इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलिले पचरौता नगरपालिका– १ मुसहरी टोलस्थित मकै बारी हुँदै टाउकोमा बोकी नेपालबाट भारततर्फ ओसारपसार गर्दै गरेको अवस्थामा लागू औषध गाँजा ६० किलो (४ पोका) सहित भारत बिहार मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने वर्ष २५ को राजबिहारी कुमारलाई पक्राउ गरेको छ।

पक्राउ परेका सबैजना नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखको रूपमा एसपी सन्तोष तामाङले कमाण्ड सम्हाले देखि सानो अवधिमै प्रहरीले लागूऔषध गाँजा, चरेस, अफिमसहित दर्जनौं तस्कर र दर्जनौँ सवारी साधन नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउन सफल भएको छ ।

यो पनि पढ्नुहोस्

यस वर्षको ‘बुकर’ पुरस्कार एवम्सा माजिक बानु मुस्ताकलाई

यस वर्षको ‘बुकर’ पुरस्कार एवम्सा माजिक बानु मुस्ताकलाई

१ दिन अगाडि
श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक

श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक