आइत, बैशाख ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

तीनकुने घटना र बिबेचना  -लेखराज रेग्मी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
तीनकुने घटना र बिबेचना  -लेखराज रेग्मी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

स्नातक तह चौथो वर्षको परीक्षामा अंग्रेजीमा मात्रै प्रश्न सोधिए

नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट पाइने

६ घण्टा अगाडि
सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु

सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु

७ घण्टा अगाडि
-लेखराज रेग्मी

म यतिबेला दाङमा छु. म घटनाहरुको चश्मदिद होइन. यसबारेमा धारणा बनाउन मेरा श्रोतहरु सरकारी सामुदायिक र निजी क्षेत्रका प्रसारण तथा छापा र सामाजिक संजालहरु हुन्। मैले तथ्यगत प्रामाणिक र बिश्वसनीय ढंगको समाचार बुताले भ्याएसम्म खोजेको छु तर भनेजस्ता समाचारहरु अथवा तथ्यपरक सूचनाहरुको प्रमाणिकता कमजोर पाएको छु । यसले सत्य प्रमाणित गर्न समस्या पैदा हुन्छ र यो जनताको सुसूचित हुने अधिकारमाथिको गैरजिम्मेवार हस्तक्षेप हो र यो अपराध हो । यसलाई र यससंग जोडिएका प्रबृत्तिलाई सच्याइदैन भने यो अपराधकर्मलाई पत्रकारिताको नाममा छुट दिन सकिदैन ,कमसेकम जनताको नजरबाट उनीहरुलाई गिर्नबाट पशुपतिनाथले पनि रक्षा गर्न सक्नेछैनन ।

यसका बाबजुद हामीले केही छायाचित्र , केही ब्यक्तिका बिबेचना, केही अतिसयोक्तिहरु केही तुजुक ताहुरमाहुरहरु, प्रायोजित पक्षधारिता, निर्देशित प्राथमिकीकरण जस्ता कुराहरु महशुसगर्न सक्छौं । यसले घटनाबारे एउटा स्केच तयार हुन्छ र हामीले संभव भएजति सत्यान्वेषण गर्न सक्दारहेछौं ।

यो घटनामा राज्यलाई दोषी देखाउन तार्किक अगुवाई गर्नेहरु भित्र ती मानिसहरु पनि छन् जसबारे मल्लिक आयोग र रायमाझी आयोगले सजायको सिफारिश गरिएको छ, साथै २०३६, २०४६ र २०६२/६३को आन्दोलनमा राज्यसंग संझौता गर्दै आन्दोलनलाई बिचमै रोकेर कथित संझौताको नाममा सत्तासाझेदारीमा पुग्नेहरु नै मल्लिक आयोग र रायमाझी आयोगका प्रतिवेदन लुकाउने र अपराधिहरुलाई छुटदिने कामको लागि जिम्मेवार छन्, पूर्व पंचहरुलाई बहुदल र गणतन्त्रमा काखि च्याप्ने देखि टाउकोमा चढाउने काम तात्कालिक स्थितिका आत्मघाती आपराधिक कार्य नै थिए. यसले सरकारमा रहने पुग्नेहरुप्रति जनताको बीचमा जुन छाप बस्यो यो ब्यवस्थाकै लागि प्रतिकुल हुनु स्वभाबिक थियो. जनताको मनोवल गिर्ने र पश्चगामीहरुको मनोवल बढ्ने यस्ता काम प्रत्युत्पादक हुनेछन् भन्ने हेक्का नरहनु, दंभ ,लालसा अहंकार र  भ्रष्ट चरित्र निर्माण भैसकेपछि यस्तो स्थिति पैदा हुनु स्वाभाबिक थियो र तीनकुने घटनाको लागि यसकारण जनताको नजरमा उनीहरु दोषी देखिनु अन्यथा होइन । तर बिडम्वना के हो भने यतिबेला जनताको नजरमा भर पत्यार गर्न लायक कुनैपनि शक्ति सतहमा मुखरित छैन र जनताको अगुवाई गर्न र जनतामा अपील गर्न कुनै राजनैतिक-बैचारिक शक्ति स्थापित छैन । यो नै यस्तो खतरनाक स्थिति हो जसले गर्दा जनताको मनोबल कमजोर हुन्छ . यो स्थिति पश्चगमनको लागि अनुकुल र मनोवल बढ्ने खालको हुनु स्वभाबिक छ ।

हामीले पटक-पटक छलफलहरुमा पुनरुत्थानवाद खतरा बन्न सक्छ भन्ने गरेका छौं । तर हामीले नेतृत्वबाट दंभपूर्ण जवाफहरु पायौं । हामीले २०६४ देखि नै खासगरी गणतन्त्र घोषणापछि पटक-पटक राजाले शक्तिसंतुलनको नापजोख गरेको बिषय उठायौं । हामीले बिस्तृत शान्ति संझौतापछि लगातार खवरदारी मात्र गरेनौं जनयुद्धको समयमा नै खासगरी संकटकालको समयमा राजा र संसदवादीहरुमा बढेको बिश्वासको खाडलकै कारण बैदेशिक शक्तिहरु शान्तिबार्ता र आन्दोलनको पक्षमा आएपनि माओवादी बिरुद्ध गंभिर षडयन्त्र चलिरहेका बिषयहरु उठायौं, टिआरसीको गलपासो, हरावलको भ्रष्टिकरण भगदड र बिभाजनको लागि वातावरण अबिश्वसनीय साबित गर्ने खेलखण्ड बदनाम गर्ने सामग्रीहरुको प्रशारण, यी सबै गंभिर षड्यन्त्रका तानाबानाहरुको सप्रसंग चर्चा गरेका छौं. स्वयं माओवादी नेतृत्वपंक्तिमा त्यसप्रकारको गंभिरता कुनै पनि समुह वा गुटहरुमा देखिएन । नेकाभित्र प्रदिप गिरीका ‘माओवादीले हार्दा एमाले काङ्ग्रेसले पनि हार्छ’ भन्ने चेतावनीप्रति कुनै सजगता र गंभिरता देखिएन । एमालेको नेतृत्वपंक्तिमा समेत गंभिरताको ठाउँमा छुद्रताले प्राथमिकता पायो र यो स्थिति ओलीको नेतृत्व स्थापित भैसकेपछि झनै बढेर गयो । नेपाली राजनीतिमा फासिज्मका रुझानहरु देखिन थालेपछि हामीले खबरदारी नगरेका होइनौं ।

यो स्थितिमा पुनरुत्थानको लागि ऐतिहासिक रुपमा सबभन्दा अनुकुल स्थिति बन्नुमा संसदीयधारा र संसदीय अभ्यासमा जीबन देखिरहेका कम्युनिष्ट शक्तिहरु र उनका अदूरदर्शी कृयाकलापहरु जिम्मेवार छन् ।

। साम्राज्यवादीहरु बामधारामा बिभाजन र अनुकुल तत्वहरुको खोजीमा छन् । यसबाहेक उनीहरु संसदीय शक्ति भित्र बिभाजन गर्दै पश्चगामी पुनरुत्थानवादीहरुसंगको एकता र चुनाब वा फरक तरिकाले कठपुतली सत्ता स्थापित गर्ने योजजनामा काम गरिरहेका छनं । हिन्दू अतिवाद, संघीयताको बिरोध जातिय बिग्रहको क्षेत्रमा सुनियोजित काम भैरहेका छन् । तर पनि उनीहरु केहि अस्थिरता पैदागर्ने र जनतामा अबिश्वास पैदागर्ने भन्दा बढी उपलव्धिको सायद अपेक्षा गर्न सक्दैनन् । भरपर्दो तथा आकर्षक नेतृत्व सबल संगठित समुह र जनताको बिश्वास प्राप्त गरिहाल्ने परीस्थितिको प्रतिकुलताको कारण यो अभ्यास उनीहरुको आकानको सेमिफाइनल गेम पनि बन्न सकिरहेको छैन । यसकारण थोरै क्षति र बिध्वंश पश्चात आफनो बार्गेनिङ पोजीशनको टेष्टसंगै केहिसमयमा स्थिति सामान्य बन्नेछ । तर यसलाई संसदीय शक्तिहरुले गंभिर चुनौतीको रुपमा बुझ्न र स्थितिलाई संहाल्न सजगता बढाएनन् भने देशले छिटै गंभिर चुनौतीको सामना गर्नुपर्नेछ । के नेपालका कम्युनिष्ट र रेडीकल डेमोक्रेटिकहरु देश र जनताप्रति इमान्दार बन्न सक्लान ?  वा कुनै ब्यवस्थित क्रान्तिकारीधाराको पुनर्गठन संभव होला ? यो एउटा ज्वलन्त प्रश्न नेपाली राजनीतिमा सबैको ध्यान तान्नेगरी तिनकुने घटना मुखरित भएको महसुस भैरहेको छ । गंभीर बहसहरु जन्मिएका छन्, र पुरानै ढंगले समाधान खोज्नु मुर्खतामात्र साबित हुनेछ । (२०८१/१२ /१८ कान्तिपुर देउखुरी)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पूर्वरा ज्ञानेन्द्रका साथ पूर्वरानी कोमल शाह पनि पोखरा भ्रमणमा जाने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे सचिवालय बैठक आह्वान

बजारमा सुनचाँदीको मूल्य बढ्याे

अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय

प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक