काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
राष्ट्रिय जेन्जी नागरिक अभियानले उनको नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै रिट दर्ता गराएको हो ।
नागरिकता विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै रिट दर्ता गरिएको अभियानका संयोजक अजय सोडारीले जानकारी दिएका छन् ।
रिट निवेदकमा अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटी रहेका छन् । मुद्दाको पेसी बुधबारका लागि तोकिएको छ ।

