मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

सहकारीका बचतकर्ताको रकम फिर्ता नहुने नै हो ?

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सहकारीको समस्या उजागर भएको लामो समय भयो, तर सहकारी पीडितको हात अझै खाली नै छ । यसबीचमा सरकारले सहकारीको समस्या समाधान गर्न भनेर संसदीय विशेष छानबिन समिति नै गठन गरेको थियो । यो समितिले विभिन्न समस्याग्रस्त सहकारी र त्यसमा जनताको फसेको रकमको हिसाबकिताब निकाल्यो । विभिन्न व्यक्तिलाई कारबाही सिफारिस गरियो । रास्वपाका सभापति रवि लामिछानेलाई त विभिन्न कसुरमा हिरासतमा लिइयो, मुद्दा चलाइयो । तर, मुख्य आरोपितलाई भने सरकारले पक्राउ गर्न नै सकेन । यति हुँदा पनि पीडितले भने रकम फिर्ता पाउन सकेनन् ।

यसबीचमा पीडितले राजधानी काठमाडौं तथा देशका प्रमुख सहरमा प्रदर्शन नै गरे । मुख्य आरोपितलाई पक्राउ गर्न र आफूहरुको रकम फिर्ता गर्न हारगुहार गरिरहे । तर सरकारले भने एकपछि अर्को आश्वासन मात्र देखाइरह्यो । सहकारी प्राधिकरण गठन गर्ने र ५ लाखसम्मको रकम तुरुन्त फिर्ता गर्ने प्रतिबद्धता पनि पूरा हुन सकेन । यही विषयमा हालै संसद्मा सांसद प्रेम सुवालले पनि प्रश्न उठाएका छन् । उनले सरकारले खारेज गर्न लागेको सत्र हजार सहकारी संस्थामा रकम जम्मा गरेको पीडितको बचत कसरी फिर्ता गर्ने भन्दै सरकारसँग प्रश्न गरे । सर्वसाधारणको बचत हिनामिना गर्ने सहकारी बैंक तथा सहकारी संस्थाका पदाधिकारीहरुको सम्पत्ति रोक्का गरी जनताको वचत फिर्ता गराउनु पर्ने उनले माग गरे ।

सहकारीको अवधारणा आर्थिक अवस्था कमजोर भएका श्रमिक, साना व्यवसायी, किसानजस्ता वर्गको उत्थान गर्ने उद्देश्यले आएको हो । तर, यही अवधारणा अहिले ठगी गर्ने सरल उपाय बनेको छ । राज्यले कडाइका साथ नियमन नगर्दा सहकारी सञ्चालन गरेर जनताको रकम उठाई अपचलन गर्ने सजिलो माध्यम बनेको छ । सहकारीमा बचत गर्नेहरु बिरामी, अशक्त, वृद्धवृद्धा छन् । आफ्नो जायजेथा बेचेर पनि सहकारीमा बचत गर्नेहरु छन्, जो ब्याजबापत आउने रकमले गर्जो टारौंला भन्ने सोचमा थिए । आफ्ना सन्ततिको पढाइ तथा भविष्यका योजनाका लागि अभिभावकहरुले रकम जम्मा गरेका छन् । जीवनभरको कमाइ बचत गर्ने श्रमिक वर्ग पनि छ । कतिका लागि उनीहरुले जम्मा गरेको केही लाख रकम सानो होला, तर त्यो उनीहरुको मेहनत र पसिनाको ठूलो रकम हो । विगतमा त्यही वर्गका लागि राज्यसँग लडेका नेताहरुले सरकार चलाएको अवस्थामा उनीहरुले न्याय पाउन नसक्ने वा ढिलाइ हुने अवस्था आउनु दुःखद हो ।

सरकारले सहकारीको समस्या समाधान गर्न छुट्टै प्राधिकरणजस्तो निकाय गठन गरेको छ । निश्चित रकम फिर्ताको तयारी गरिएको पनि छ । तर, सरकारले यो कामलाई तीव्रता दिन आवश्यक छ । सहकारीको रकम अपचलन गर्ने सञ्चालकको जायजेथा नियन्त्रणमा लिई त्यसको बेचबिखनबाट भए पनि सहकारीपीडितहरुको रकम फिर्ता गर्ने वातावरण सरकारले बनाउन आवश्यक छ । अनि मात्र सरकारमाथि जनताको भरोसा बढ्नेछ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

भड़ारमा रुख बाट लड्दा एक महिलाको मृत्यु

खोलामा डुबेर एकै घरका दुई जना बालकको निधन

१३ घण्टा अगाडि
पाकिस्तान र अफगानिस्तानको सिमा क्षेत्रमा भूकम्पको धक्का महसुस

जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नागरिकको जीउज्यानमाथिदमन गरेको भन्दै घोर भर्त्सना

डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

राप्रपाकाे बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक