शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रमद्वारा बुद्ध जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
प्रमले दिए नयाँ वर्षको अवसरमा शुभकामना कामना व्यक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरेका छन्।

बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री शाहले बुद्धले देखाएको बाटो दुःख निवारणको बाटो भएको जनाएका हुन्। उनले बुद्धका चार आर्य सत्यलाई स्मरण गर्दै भनेका छन्, ‘बुद्धले भन्नुभयो- दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारण गर्ने मार्ग छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ।’ अँध्यारोलाई उज्यालोको अभावको संज्ञा दिँदै प्रधानमन्त्री शाहले उज्यालोको किरणले पाइला टेक्नासाथ अँध्यारो स्वतः बिलाएर जाने भन्दै ज्ञानको महत्त्वमा जोड दिएका छन्।

बुद्धको जन्मले नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको पनि प्रधानमन्त्री शाहको तर्क छ ।
प्रधानमन्त्री शाहको सन्देशमा क्रान्तिको परम्परागत भाष्यलाई प्रतीकात्मक रूपमा चिर्ने प्रयास गरिएको छ। उनले भनेका छन्, ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो।’

बुद्धको प्रसिद्ध उपदेश ‘अप्प दीपो भवः’ (आफ्नो बत्ती आफैँ बन अर्थात् आफ्नो बाटो आफैँ तय गर) उल्लेख गर्दै प्रधानमन्त्री शाहले सबैलाई शुभकामना दिएका छन् ।

यस्ताे छ प्रधानमन्त्री शाहको सन्देशमाः

बुद्धले भन्नुभयो- “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”

बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।

शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो “ज्ञ” ज्ञान हो ।

बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना।

अप्प दीपो भवः।

यो पनि पढ्नुहोस्

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

२ घण्टा अगाडि
अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

सभामुखसँग राष्ट्रसङ्घकी आवासीय संयोजकले गरिन् भेटवार्ता

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

सुकुम्बासीहरूले आफैं सामान सार्न थाले

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक