काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३१ जना प्रहरी कर्मचारीहरूलाईहलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हलुका सवारी चालक तालिम २७औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।
तालिम समापनको अवसरमा सोही महाशाखामा शुक्रबार आयोजित कार्यक्रममा
प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकालले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक ढकालले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धि
प्रतिवेदन प्रस्तुत गर्दै गत माघ २ गतेबाट संचालित ४५ कार्यदिन अवधि रहेको उक्त
तालिममा प्रहरी सहायक हवल्दार १ जना र प्रहरी जवान ३० जना गरी जम्मा ३१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।