बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सेनाकाे पत्राचारप्रति आपत्ति

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 3 mins read
0
सेनाको कमाण्ड औपचारिक रुपमा सम्हाल्दै सिग्देल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सुकुमबासीको विषयमा सेनाले गरेको पत्राचारप्रति बर्दियाका ८ वटा स्थानीय तहका जनप्रतिनिधिहरूले आपत्ति जनाएका छन्।

Samsung

Galaxy

बुधबार एक संयुक्त वक्तव्य जारी गर्दै विज्ञप्ति मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाट, गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव, राजापुरका प्रमुख  दिपेश थारु, बाँसगढी नगरपालिकाका प्रमुख खडक बहादुर खड्का, बारबर्दियाका प्रमुख छविलाल थारु, ठाकुरबाबा नगरपालिकाकाका तिलकराम लम्साल, गेरुवा गाउँपालिकाका अध्यक्ष  जमान सिंह केसी र बढैयाताल गाउँपालिकाका अध्यक्ष  हिमालय त्रिपाठीले आपत्ति जनाएका हुन्।

स्थानीय तहमार्फत आउनुपर्ने पत्र सिधै सेनाबाट आएकाले आफूहरूले प्रचलित कानुन र प्रक्रियामाथि असन्तुष्टि जनाउँदै प्रश्न उठाएको बारबर्दियाका मेयर छविलाल थारुले रातोपाटीलाई जनाए।

यसअघि नै भूमिहीन सुकुमबासीको समस्या समाधानका लागि भूमि आयोगमार्फत काम भइरहेको अवस्थामा एकाएक सेना देखिनु शोभनीय नभएको जनाए । ‘हामीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आवश्यक निर्देशन चाहिन्छ। कि त भूमि आयोग छ त्यहीँबाट बाँकी प्रक्रिया पूरा गर्दा भइहाल्यो’, उनले भने, ‘सेनाको पत्र आइसकेपछि हामीले कानुनी कुरा उठाएका हौँ।’

सेनाले वैशाख १२ को पत्रमार्फत स्थानीय तहसँग बर्दिया जिल्लाका स्थानीय तहहरूमा रहेका सुकुमबासी बस्तीहरूको अद्यावधिक विवरण माग गरेको थियो । तर, उक्त पत्र प्रचलित कानुन अनुसार आवश्यक विधि र प्रक्रियाको पालना नगरी आएको भन्दै जनप्रतिनिधिहरूले सार्वजनिक रूपमा विज्ञप्ति नै निकाले असन्तुष्टि व्यक्त गरेका हुन्।

यसैगरी लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तर्गत डिभिजन वन कार्यालय, बर्दियाले प्रकाशित गरेको अतिक्रमित वन क्षेत्र खाली गर्ने सम्बन्धी सूचनाप्रति पनि जनप्रतिनिधिहरूले आपत्ति जनाएका छन्।

विज्ञप्तिमा नेपालको संविधानको भाग ३ अन्तर्गत मौलिक हकमा समावेश धारा ३७ को उपधारा ९१० को स्मरण गराउँदै प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

‘संवैधानिक व्यवस्थाको प्रतिकूल हुने गरी प्रकाशित उक्त सार्वजनिक सूचनाले लामो समयदेखि वन क्षेत्रभित्र बसोबास गर्दै आएका नागरिकहरूको आवास अधिकारमाथि प्रत्यक्ष असर पर्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

जनप्रतिनिधिहरूले जनताको सेवकका रूपमा स्थापित सरकारबाट जनताप्रति पूर्वाग्रहपूर्ण ढङ्गले अगाडि बढाइएका यस्ता कार्यहरू तत्काल रोक्न माग गरेका छन्।

बर्दियाका सबै पालिकाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि विभिन्न चरणमा कार्यहरू अघि बढिरहेको सन्दर्भमा सो कार्यलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याई नागरिकहरूको वास्तविक अवस्था पहिचान गर्न आवश्यक रहेको उनीहरूको ठहर छ।

त्यसपश्चात मात्र बाँकी रहेको जग्गा नेपाल सरकारले आफ्नो स्वामित्वमा लिनु उपयुक्त हुने धारणा उनीहरूले राखेका छन्।

patra

यो पनि पढ्नुहोस्

नेपाली सेनाले ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

१९ घण्टा अगाडि
सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

गोंगबुँ भैरव तथा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा सम्पन्न

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक