शनि, मंसिर २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
गणतन्त्रका शासकहरुलाई लज्जाबोध हुनैपर्ने विषय !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
सबि भट्टराई,
गत जनवरीयता अमेरिकी राष्ट्रपतिको रुपमा आफ्नो दोस्रो कार्यकाल थालेसँगै डोनाल्ड ट्रम्पले अमेरिकामा वैध कागजात नभई बसिरहेका आप्रवासीलाई उनीहरुकै देशमा फिर्ता गर्न थालेका छन् । यस क्रममा दर्जनौं नेपालीलाई पनि चार्टर्ड विमानमार्फत नेपाल फिर्ता गरिएको छ । एक साताअघि मात्र ८ जना नेपालीलाई फिर्ता ल्याइएको थियो । यसरी फिर्ता पठाउने क्रममा भने अमेरिकाले आप्रवासीलाई हतकडी र नेल लगाएर अपराधीसरह व्यवहार गर्ने गरेको छ । जसको विश्वभर आलोचना भइरहेको छ ।
आप्रवासीलाई अपराधीसरह व्यवहार गरेर अमेरिकाले मानवअधिकारको गम्भीर उल्लंघन गरेको मानवअधिकारवादी संस्थाहरुले जनाएका हुन् । तर, अमेरिकी आकर्षणका कारण अझै थुप्रै नेपालीहरु अवैध बाटो भएर अमेरिका जाने गरेका छन् । यस क्रममा उनीहरुले ४०–५० लाखदेखि झण्डै करोड रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । अमेरिका पुगेर त्यहाँ पक्राउ परेसँगै कानुनी प्रक्रियाका लागि लाग्ने खर्च त अलग्गै छ । यही कारण नेपालका विभिन्न स्थानमा रहेका अभिभावकहरु ऋणको पासोमा परेका छन् । यस्तो अवस्था आउनु भनेको गणतन्त्रका शासकहरुलाई लज्जाबोधको विषय हो । गणतन्त्र स्थापनायताका करिब दुई दशकमा पनि नेपालीलाई देशमा नै केही गर्न सकिन्छ र लाखौं रकम तिरेर अवैध बाटोबाट अमेरिका जानुपर्दैन भन्ने आत्मविश्वास यो शासनव्यवस्थाले दिन नसकेको स्पष्ट हुन्छ ।
युवावस्था भनेको काम गर्ने उमेर हो । कुनै युवालाई सक्षम बनाउन अभिभावक तथा सरकारले लामो समयदेखि लगानी गरिरहेको हुन्छ । त्यसैले उनीहरुको कामबाट देशको अर्थतन्त्र चलायमान हुनुका साथै देशमा विकास र समृद्धिको पनि परिकल्पना गरिन्छ । त्यसैले कुनै पनि देशमा युवाको संख्या धेरै हुनुलाई स्वर्णकाल मानिन्छ । धेरै देशमा युवाको संख्या बढी हुँदा ती देशले विकासमा फड्को मारेका उदाहरण पनि थुप्रै छन् ।
अहिले नेपालमा पनि युवाको संख्या बालबालिका तथा वृद्धवृद्धाको भन्दा धेरै छ । तर यो अवस्था धेरै लामो समयसम्म रहन्न । यसको अर्थ केही वर्षपछि नै नेपालमा युवाको भन्दा वृद्धवृद्धाको संख्या धेरै हुनेछ । अहिले नै विगतमा जस्तो धेरै सन्तान पाउने चलन हटिसकेको छ । बढ्दो आर्थिक भारका कारण युवा एक वा बढीमा दुई सन्तान मात्र चाहना राख्छन् । अझ वैदेशिक रोजगारीमा जाने कारणले सन्तान पाउने उमेर पनि बढ्दै गएको छ । त्यसकारण बालबालिका र युवाको संख्याको विगतमा तुलनामा आगामी दिनमा घट्दै जाने स्पष्ट नै छ । त्यसैले युवाको संख्या धेरै रहेको अवस्था नेपालका लागि स्वर्णकाल हो । तर, यो स्वर्णकालको सदुपयोग भने अन्यत्रै देशले गरिरहेका छन् । हो, नेपालमा रोजगारीको कमीका कारण धेरै युवा वैदेशिक रोजगारी तथा अन्य बहानामा विदेश पुगिरहेका छन् । हाल नेपालबाट काम र अध्ययनका लागि युवा विदेशिरहेका छन् ।
रोजगारी नहुँदा अदक्ष, अर्धदक्ष, दक्ष सबैखाले जनसंख्या खाडी मुलुक, दक्षिण कोरिया, युरोप, अमेरिकाजस्ता स्थानमा पुगिरहेका छन् । खाडी मुलुकमा जाने नेपाली आफ्नो श्रम गर्नसक्ने उमेरसम्म त्यहीँ रहने र काम गर्न नसक्ने भएपछि मात्र नेपाल फर्किने गरेका छन् । त्यसैले नेपाली सस्तो श्रमको उपयोग गरेर खाडी मुलुक झनै समृद्ध बनिरहेका छन् । अर्कोतर्फ जापान, युरोप, अस्ट्रेलिया, अमेरिका तथा क्यानडा जस्ता स्थानमा अध्ययनका लागि भनेर धेरै नेपाली विद्यार्थी पुगेका छन् । यहाँ जानका लागि ठूलो रकम खर्च गर्नुपर्छ । त्यस्तै अध्ययनका लागि पनि नेपालबाट ठूलो रकम विद्यार्थीले लैजाने गर्छन् ।
एकातर्फ उनीहरुले यसरी नेपालबाट रकम कमाइरहेका छन् भने अर्कोतर्फ त्यहाँ पुग्ने नेपाली विरलै मात्र नेपाल फर्कन्छ । नेपालीलाई स्थानीय नागरिकभन्दा सस्तो पारिश्रमिक दिँदा हुने भएकाले उनीहरुलाई पनि त्यहीँ बस्ने व्यवस्था गरिएको छ । नेपालीहरु पनि यहाँको राजनीतिक अवस्था, अविकासजस्ता कारणहरुले विदेशमा नै बस्न रुचाइरहेका छन् । यस्तो अवस्था आउनुको कारण हो, राजनीतिक असफलता, बेरोजगारी र काम गर्ने वातावरण नहुनु । असफल राजनीतिका कारण देशमा विकास निर्माण ठप्प छ । कलकारखानामा उत्साह छैन, कृषक हतोत्साही भएका छन् । देशका वर्षेनि ५ लाख जना रोजगारीको बजारमा आउने गरेका छन् ।
तर, सरकार रोजगारी सृजना गर्न असफल साबित भइरहेको छ । देशमा रोजगारी नहुनु, भएका रोजगारी पनि अति नै न्यूनतम पारिश्रमिक हुनु, कृषकलाई प्रोत्साहन नहुनु जस्ता कारणले पनि वैदेशिक रोजगारीमा जाने बढिरहेका छन् । हाल दैनिक रुपमा १५ सयदेखि २५ सय जनासम्म नेपालीहरुले वैदेशिक रोजगारीमा जाने तथ्यांक छ । यो केवल वैधानिक रुपमा देखिएको तथ्यांक हो । अवैध रुपमा विदेश जानेको संख्या अझै धेरै छ । यो जनशक्तिलाई देशमा नै राखेर उद्यम गर्ने वातावरण निर्माणतर्फ सरकारको ध्यान जान आवश्यक छ ।

यो पनि पढ्नुहोस्

संसद्लाई जनताको थलो बनाउन नसकिने पुष्टि

९ महिना अगाडि
कानुनले रोक्दैन भने पूर्वराष्ट्रपति राजनीतिमा लाग्न किन नपाउने ?

कानुनले रोक्दैन भने पूर्वराष्ट्रपति राजनीतिमा लाग्न किन नपाउने ?

१० महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक