मङ्ल, अशोज १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मुस्लिम समुदायको महान् पर्व रमजान सुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
मुस्लिम समुदायको महान् पर्व रमजान सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालगन्ज । एक महिनासम्म उपवास बसेर विविध कार्यक्रमका साथ मनाइने मुस्लिम समुदायको महान् पर्व रमजान आइतबारबाट सुरु भएको छ।

शनिबार बेलुका नेपालगन्जको जामा मस्जिदबाट मुख्य धर्म गुरु मौलाना मुफ्ती जाफर रजाले रमजानको चन्द्रमा देखिएको घोषणा गरेसँगै आइतबारबाट रमजानको महिना सुरु भएको हो।

मुफ्ती रजाले रमजानको चन्द्रमा देखिएकोले आइतबारबाट एक महिनासम्म रोजा बसेर विविध धार्मिक तथा सामाजिक कार्य गर्न मुस्लिम सुमदायलाई आग्रह गर्नुभयो।

एक महिनासम्म मनाइने रमजान इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण चाड हो। शनिबारबाटै तरावी नमाज सबै मस्जिदमा सुरु गरिएको जामामस्जिद सञ्चालक समितिका प्रवक्ता आलम खानले बताउनुभयो।

रमजान सुरु भएको अवसरमा जिल्लाका विभिन्न संघसंस्था तथा स्थानीय सरकारका प्रमुखले शुभकामना दिनुभएको छ।

दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका अध्यक्ष हाजी अब्दुल रहमान मियाँले इस्लाम धर्मावलम्बीको रमजान पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै आपसी सहिष्णुता, आत्मियता, धार्मिक तथा सांस्कृतिक सद्भाव र भातृत्वलाई प्रवर्धन गर्ने बताउनुभयो।

यसैगरी, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पनि शुभकामना सन्देश जारी गर्दै नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै संविधानले सबै धर्म, संस्कृति, भाषा र सम्प्रदायको समान अस्तित्व स्वीकार गरेकोले रमजान पर्वले नेपालको धार्मिक विविधतालाई अझ मजबुत बनाउने बताउनुभएको छ।

मुस्लिम समुदायको पाँच अतिमहत्त्वपूर्ण धार्मिक कार्य कलमा, रोजा, नमाज, हज, र जकात हुन्।ती मध्ये रोजा पनि भएकोले यसलाई अत्याधिक महत्त्वका साथ मनाइने गरिएको छ ।

घाम उदाउनुभन्दा डेढ घण्टाअगावै सेहरी (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ। यो समयलाई रोजा खोल्ने समय भनिन्छ ।

दिनभर पानी लगायत केही पनि खान नहुने यो पर्वमा मुस्लिमले आ–आफ्नो गच्छे अनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन्।रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुँदैन।

यो महिनामा नै मुस्लिम समुदायले सबैभन्दा बढी दान गर्ने गर्छन् भने रोजा खोल्ने सामुहिक कार्यक्रम पनि ठाउँ ठाउँमा महिनाभरिनै राख्ने गरिन्छ।

मुस्लिम अगुवा मोहम्मद जुबेर राईका अनुसार ३० या २९ दिनको रोजा पूरा गरेपछि मनाइने चाड ईदका दिन पुरूष इदगाहमा र महिला घरमै सामूहिक रूपमा नमाज पढ्न जान्छन्। अन्त्यमा एक आपसमा अङ्गालो मारेर इर्द मुवारक भन्दै शुभकामना र बधाई साटासाट गर्छन्।

यो पनि पढ्नुहोस्

गणेश चतुर्थी पर्व मनाइँदै

नेवार समुदायले मनाइयाे चथाः पर्व

२ हप्ता अगाडि
याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

धापाखेलमा साढे दुई तले घर ढल्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आवासीय चिकित्सक फिर्ता बाेलाउन अनुराेध

पितृ तर्पण : वैदिक स्मृतिदेखि महालया र सोह्रश्राद्धसम्मको सनातन परम्परा

१०० मिलिमिटरभन्दा बढी कुल वर्षा रेकर्ड

भीआईपी तामझाम संस्कार अन्त्य गर्दै बालेन सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक