शनि, मंसिर ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पत्रकारहरुको हकहितमा एकजुट हुनुपर्नेमा जोड

धारणा न्यूज by धारणा न्यूज
१५ मिनेट अगाडि
0
पत्रकारहरुको हकहितमा एकजुट हुनुपर्नेमा जोड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाले नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान गरिएकाे छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको स्मरण गर्दै नेपाल संवत् ११४७ कछलाथ्व दशमी (विसं २०८३ मंसिर ३ गते) बिहीबार लखतीर्थस्थित जगत सुन्दर ब्वनेकुथि माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै क्यालेण्डर विमोचन गरिएकाे थियाे थियाे ।

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला अध्यक्ष रत्नकाजी महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले क्यालेण्डर विमोचन गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि नृपेन्द्रलाल श्रेष्ठले नेवार पत्रकारहरूको हकहित र अधिकारका सवालमा राज्यले गरेको विभेदपूर्ण व्यवहारको विरोध गर्नुपर्ने बताउनुभयो ।

विशेषगरी छापा पत्रकारिताप्रति राज्यले देखाएको विभेदपूर्ण व्यवहार र पत्रकारमा त्रास सिर्जना हुने गरी हुने धरपकडजस्ता गतिविधिविरुद्ध पत्रकारहरू एकजुट हुनुपर्ने उहाँको धारणा थियो । दबूका केन्द्रीय उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबूले नेवार पत्रकारहरूको मुद्दासँगै नेवाः आन्दोलन र समग्र पत्रकारिता आन्दोलनलाई समेत सँगसँगै अघि बढाइरहेको बताउनुभयो ।

शंखधर दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमले नेवाः आन्दोलनमा दबूको भूमिका अझ सशक्त बनाउने विश्वास व्यक्त गर्दै प्रदेश संरचना र विदेश शाखा गठनपछि विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता हुनु सुखद पक्ष भएको उहाँले उल्लेख गर्नुभयो । त्यसैगरी केन्द्रीय सल्लाहकार राजु शाक्यले राष्ट्रिय समाचार समिति (रासस) मा नेपाल संवत्को प्रयोग सुरु गर्दा सकारात्मक प्रतिक्रिया आएको स्मरण गर्दै पछिल्लो समय यसको प्रयोगलाई आवश्यकताअनुसार निरन्तरता दिन नसकिएको बताउनुभयो ।

राससको मूल बुलेटिनमा अहिले पनि नेपाल संवत् उल्लेख हुने गरेको उहाँको भनाइ थियो । बागमती प्रदेश अध्यक्ष विराजकाजी राजोपाध्यायले संस्थाको आफ्नै भवन निर्माणका लागि पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा विशेष अतिथिका रूपमा केन्द्रीय उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, सचिव राजु नापित, ज्येष्ठ सदस्य दानदास श्रेष्ठ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं जिल्ला अध्यक्ष भीमबहादुर लामा, ललितपुर जिल्ला अध्यक्ष मञ्जु बज्राचार्य, गोरखा जिल्ला अध्यक्ष हेरालाल श्रेष्ठलगायतको उपस्थिति थियो । त्यसैगरी ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जन, नेवाः देय् दबूका उपाध्यक्ष शान्त श्रेष्ठ, सचिव सृजनमान श्रेष्ठ, हरिकुमार श्रेष्ठ, वरिष्ठ कलाकार गणेश साय्मि तथा संस्कृतिविद् जितेन्द्र विलास बज्राचार्यलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला सदस्य एवं प्रकाशन समितिका संयोजक रवीन्द्र बज्राचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सभापति रत्नकाजी महर्जनले काठमाडौं जिल्ला शाखाले सञ्चालन गर्दै आएका गतिविधि तथा नयाँ क्यालेण्डर प्रकाशनको उद्देश्यबारे प्रकाश पार्नुभयो । उहाँले क्यालेण्डर प्रकाशनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । नयाँ कार्यसमिति चयन भएपछि काठमाडौं जिल्ला शाखाले पहिलोपटक नेपाल संवत्को क्यालेण्डर प्रकाशन गरेको प्रकाशन समितिका संयोजक रवीन्द्र बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार शाखाले आगामी दिनमा मुखपत्रका रूपमा पत्रिका पनि प्रकाशन गर्ने तयारी गरेको छ ।

शंखधर साख्वाले जनतालाई ऋणमुक्त गराई नेपाल संवत् प्रारम्भ गराएको ऐतिहासिक योगदानको स्मरण गरिने यस अवसरमा आयोजित कार्यक्रमले नेवाः पत्रकारिता, सांस्कृतिक पहिचान, भाषिक अधिकार र पत्रकारहरूको पेशागत हकहितका विषयलाई थप प्राथमिकताका साथ उठाउनुपर्ने सन्देश दिएको छ ।

नेपाल संवत् ११४७ को शुभारम्भसँगै नयाँ क्यालेण्डर प्रकाशन गरेको नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाको यो पहललाई संस्थागत गतिविधि र मौलिक सांस्कृतिक पहिचानको निरन्तरताका रूपमा हेरिएको छ । प्रशान्त डंगाेल

यो पनि पढ्नुहोस्

प्रहरीकाे ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना

प्रहरीकाे ‘केन्द्रीय गुनासो व्यवस्थापन डेस्क’ स्थापना

२ मिनेट अगाडि
एनपीएलमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने

एनपीएलमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने

५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भोटेकोशी बाढीपीडितलाई नगद राहत

एनपीएलमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

रास्वपा, कांग्रेस र एमालेका सभापतिहरुबीच पहिलोपटक सँगै छलफलमा जुट्दै

कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक