शनि, मंसिर ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

डिजिटल सुरक्षादेखि दुष्प्रचार नियन्त्रणसम्म सरकारको तयारी

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
डिजिटल सुरक्षादेखि दुष्प्रचार नियन्त्रणसम्म सरकारको तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल सुरक्षा, साक्षरता तथा गलत सूचना र दुष्प्रचार नियन्त्रणका लागि सरकारले दीर्घकालीन योजनासहित काम गरिरहेको जनाएका छन् ।

बिहीबार नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का प्रतिनिधिहरूसँग मन्त्रालयमा भएको भेटमा मन्त्री तिमिल्सिनाले सुरक्षित, पहुँचयोग्य र समावेशी डिजिटल समाज निर्माण सरकारको प्राथमिकतामा रहेको जनाए ।

उनले डिजिटल सुरक्षा, सूचना अखण्डता (इन्फर्मेसन इन्टिग्रिटी), डिजिटल साक्षरता तथा संस्थागत क्षमता विकासका क्षेत्रमा सरकारले प्राथमिकताका साथ काम गरिरहेको जानकारी गराए । डिजिटल सुरक्षालाई सामान्य साक्षरता अभियानमा मात्र सीमित नगरी दीर्घकालीन नीति, कानुन र संस्थागत संरचनामार्फत अघि बढाउनुपर्ने उनको धारणा थियो ।

भेटमा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले कोशी र मधेश प्रदेशमा डिजिटल साक्षरता अभिवृद्धि, स्थानीय तहको क्षमता विकास तथा डिजिटल माध्यमबाट सूचना प्रवाह र नागरिकको सहभागिता बढाउने कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएका थिए ।

उनीहरूले प्रदेश तथा स्थानीय तहमा डिजिटल साक्षरता, मिडिया साक्षरता र सही सूचनाको पहिचानसम्बन्धी क्षमता विकासका कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । गलत सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति र भ्रामक सामग्रीको पहिचान तथा नियन्त्रणका लागि तथ्य जाँच गर्ने क्षमता विकासमा समेत जोड दिएका थिए ।

नेपालको विद्यालय पाठ्यक्रममा डिजिटल साक्षरतालाई समावेश तथा सुदृढ गर्ने, समुदायस्तरमा सूचना तथा सञ्चारसम्बन्धी चेतना बढाउने र डिजिटल माध्यमको सुरक्षित प्रयोगका लागि संस्थागत क्षमता विकास गर्न सहकार्य गर्न सकिने उनीहरूको धारणा थियो ।

जवाफमा सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत गलत तथा भ्रामक सूचना फैलिने क्रम बढिरहेको भन्दै त्यसको नियन्त्रणका लागि राष्ट्रिय क्षमता विकास आवश्यक रहेको बताए । उनले सूचना प्रमाणीकरण, व्यक्तिगत गोपनीयताको संरक्षण तथा बालबालिका, महिला र जोखिममा रहेका समुदायको डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे ।

डिजिटल माध्यमको सुरक्षित प्रयोग सुनिश्चित गर्न सम्बन्धित निकायको क्षमता अभिवृद्धि, प्रभावकारी नीतिगत तथा कानुनी व्यवस्था र जिम्मेवार सूचना प्रवाह आवश्यक रहेको उनले बताए । यसका लागि नेपालले आफ्नै संस्थागत तथा प्राविधिक क्षमता विकास गर्दै आवश्यक नीति र कानुन निर्माण गर्ने उनको धारणा थियो ।

मन्त्रालयमा भएको भेटमा संयुक्त राष्ट्रसङ्घीय साइबर अपराधसम्बन्धी महासन्धि (युनाइटेड नेसन्स कन्भेन्सन अगेन्स्ट साइबरक्राइम) को कार्यान्वयन तथा त्यससँग सम्बन्धित विषयमा समेत छलफल भएको थियो ।

भेटमा नेपालका लागि युनेस्कोका प्रतिनिधि याको डु टोइ, नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकको कार्यालयका शान्ति तथा विकास सल्लाहकार जेनीन फर्नान्डो, युनेस्को सञ्चार तथा सूचना क्षेत्र प्रमुख निर्जना शर्मा र यूएनडीपीका कार्यक्रम विश्लेषक टेक तामाताको सहभागिता थियो ।

यो पनि पढ्नुहोस्

संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह

संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह

२ घण्टा अगाडि
रिफ्युलिङ प्रणालीको शुभारम्भ

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वैदेशिक रोजगारीको नाममा ठगी रोक्न विशेष कार्यदल गठन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एनपीएलमा उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच खेल हुने

फिफाबाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढ्याे

भोटेकोशी बाढीपीडितलाई नगद राहत

डिजिटल सुरक्षादेखि दुष्प्रचार नियन्त्रणसम्म सरकारको तयारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक