बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल मेडिकल कलेजले शेयरधनीलाई ३० प्रतिशत बोनस दिदै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल मेडिकल कलेजले शेयरधनीलाई ३० प्रतिशत बोनस दिदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रलाई व्यवसायिक रुपमा मात्र हेर्न नहुने जनाउनु भएको छ । मेडिकल कलेजहरुले प्रदान गर्दै आइरहेको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाले समाज र राष्ट्रप्रति नै योगदान गरेको जनाउँदै अध्यक्ष प्रा.डा. अन्सारीले राज्यले निजी क्षेत्रबाट मेडिकल शिक्षा र स्वास्थ्य सेवामा पुर्याउँदै आएको योगदानको कदर गर्नुपर्ने जनाउनु भयो ।

सरकारले जनताका लागि ल्याएको निःशुल्क स्वास्थ्य सेवाका अभियानहरु सफल पार्न निजी मेडिकल कलेजहरुले महत्वपूर्ण योगदान दिएको उहाँको भनाई छ । प्रा.डा. अन्सारीले कलेजमा गोकर्णेश्वर नगरपालिका स्वास्थ्य कार्यक्रम, सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम, कर्मचारी सञ्चय कोष स्वास्थ्य कार्यक्रम, नेपाल सरकार बीमा कार्यक्रम तथा विपन्न नागरिकको स्वास्थ्य सेवा कार्यक्रम सूचारु रहेको जनाउनु भयो ।

कलेजको २५ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष प्रा.डा. अन्सारीले कलेजले दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न, जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न तथा चिकित्सा क्षेत्रमा नविन सोध र अनुसन्धानहरु गर्न टेवा दिएको जिकीर गर्नुभयो । कलेजको वार्षिक प्रतिवेदन पेश गर्दै उहाँले आगामी आर्थिक वर्षभित्रै मुटु रोगको उपचारका लागि क्याथ ल्याब, क्यान्सर उपचारका लागि अंकोलोजी सेवा विस्तार गरिने जानकारी दिँदै ३.५ टेस्ला एमआरआई र १२८ स्लाइसको सिटी क्यान उपकरण केही महिनाभित्रै जडान हुने बताउनु भयो ।
साथै उहाँले गत वर्षको बार्षिक साधारण सभामा आफुले व्यक्त गरिएका धेरै योजनाहरु कार्यान्वयन भएको जनाउँदै आगामी वर्षहरुमा कलेजलाई अझ नयाँ उचाईमा लैजाने बताउनु भयो । उहाँले चिकित्सा शिक्षातर्फ नयाँ विषयहरु थप गरिएको, सिट संख्यामा बृद्धि भएको पनि जानकारी दिनुभयो ।  भौतिक पूर्वाधारमा डेण्टल कलेजको नयाँ भवन निर्माण सम्पन्न भई सूचारु भइसकेको, सी ग्रेडको ल्याबलाई बी ग्रेडमा अपग्रेट गरिएको, अस्पताल भित्रै २४ ब्लड बैंक स्थापना गरिएकोले आउँदा दिनहरुमा कलेजको स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरमा थप बृद्धि हुने विस्वास व्यक्त गर्नुभयो ।

साधारण सभामा बोल्दै कलेजका प्रबन्ध निर्देशक डा. साविहा यासमिनले नेपाल मेडिकल कलेजको शैक्षिक, स्वास्थ्य क्षेत्र र प्रशासनिक सेवा सुधार्न आफुहरुले चालेका योजनाहरु सफल हुँदै गएको र त्यसमा सबैले साथ सहयोग गरेको बताउनु भयो । आगामी दिनहरुमा कलेजलाई नयाँ उचाईमा पुर्याउन सबैको सकारात्मक सल्लाह सुझाबको अपेक्षा गरिएको उहाँको भनाई छ ।
साधारण सभामा कलेजका सञ्चालक समिति सदस्य डा. भोला रिजाल, डा. आनन्दप्रसाद श्रेष्ठ, शाहनवाज अन्सारीले पनि सबैको सहकार्य र सहयोगले कलेज अगाडी बढाउने जनाउनु भयो ।

कलेजको २५ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । साधारण सभाका अनुसार आर्थिक वर्ष २०८०-०८१ को खूद मुनाफाबाट १५ करोड, ७४ लाख, २३ हजार ७ सय ४७ रुपैंया कर सहितको नगद लाभांश स्वीकृत गरेको छ । साथै, साधारण सभाले यसअघि सञ्चालक समितिले गरेका सम्पूर्ण निर्णयहरु सर्वसम्मतले पारित समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नल आग्रह

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

६ घण्टा अगाडि
अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

श्रीलंकाकी राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेटवार्ता

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

ध्वंसका घटनामा संलग्नमाथि छानबिन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक